शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

माघ महिनाका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआईसी एसिया, कुन शीर्षकमा कति?

बुधबार, पुस २५ २०८०
माघ महिनाका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआईसी एसिया, कुन शीर्षकमा कति?

माघ १ गते देखि लागु हुने भनेर प्रकाशित गरिएको सूचनामा बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ।

काठमाडौं- बैंकमा तरलता थुप्रिएसँगै बैंकहरूले ब्याजदर घटाउन थालेका छन्।

माघ महिनाका लागि सबैभन्दा पहिले एनआईसी एसिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। 

माघ १ गते देखि लागु हुने भनेर प्रकाशित गरिएको सूचनामा बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ। 

पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएर माघ महिनादेखि ८.०६५ प्रतिशत तय गरेको छ। बैंकले ब्याजदर ०.६०५ प्रतिशत विन्दुले घटाएको हो।

संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ। जुन  पुस महिनामा ६.६७ प्रतिशत रहेको थियो।

प्रकाशित : बुधबार, पुस २५ २०८००८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend