बिहीबार , वैशाख २० गते २०८१    
images
images

परीक्षण अवधिमै उपकरण बिक्रीका लागि हुवावेको लविङ, प्राधिकरणलाई दबाब

images
images
images
परीक्षण अवधिमै उपकरण बिक्रीका लागि हुवावेको लविङ, प्राधिकरणलाई दबाब

एउटा कम्पनीको प्रविधिको वर्चस्वले गर्दा एकातिर कम्पनीको व्यापारिक रणनीति पूर्णतया असफल भएको देखिन्छ भने अर्कोतिर चरम जोखिमपूर्ण हुने व्यवसायीहरू बताउँछन्। जब कि निजी कम्पनीहरूले भने प्रविधिमा मिक्स गरेका छन्।

images
images

काठमाडौं- नेपालमा फाइभजीको व्यावसायिक सेवा सञ्चालको अनुमति नदिँदै चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेले भने व्यापारको बाटो खुलाउनका लागि लविङ तीव्र बनाएको छ। 

images
images
images

नेपाल टेलिकमले परीक्षणका लागि भनेर पाएको अनुमतिमै टेकेर हुवावेले दूरसञ्चार उपकरण तथा प्रविधिको बिक्री गर्न पाउनुपर्ने दाबी गर्दै राजनीतिक तहबाट दबाबसमेत बढाएको छ। 

images

परीक्षण अनुमति पाएपछि कुनै पनि सेवाप्रदायकले आफ्नो भेन्डरसँग आवश्यक उपकरण तथा प्रविधि निश्चित समयका लागि भाडामा लिनुपर्ने हुन्छ। अहिले टेलिकमले यही काम गरिरहेको छ। दुई कम्पनीबीचको व्यावसायिक सम्झौताअनुसार हुने भएपनि हुवावेले भने अहिलेदेखि नै फाइभजीमा आफ्नो प्रभाव विस्तारका लागि लविङ बढाएको हो। 

images

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री कार्यालयसम्मै हुवावेले लविङ तीव्र पारेको हो। दूरसञ्चार प्राधिकरणमा पछिल्लो समय सहजीकरण गरिदिनका लागि भनेर सिफारिस नै पुग्ने गरेको एक अधिकारीले बताए। 

images
images

‘तर हामीले व्यावसायिक अनुमति नदिइ कुनै पनि कम्पनीलाई उपकरण तथा प्रविधिका लागि अनुमति दिँदैनौँ। दिनै मिल्दैन। हुवावेको चासो यसमा सुरूदेखि नै छ’ एक अधिकारीले भने। 

हुवावेले टेलिकमसँग यसअघिको फोरजी सम्झौतामा टेकेर फाइभजीको प्रविधि र उपकरण नेपाल ल्याउन पाउनुपर्ने र यसका लागि टेलिकमले खरिद गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ। 

फोरजी सेवाको सम्झौता हुँदा फाइभजी सेवाको परीक्षण पनि समावेश भएको र यसअघि नै सम्झौता भएको विषयमा अनुमति दिनुपर्ने माग गरेको छ। 

फोरजीको उपकरण र प्रविधि जडान गर्दा त्यसमै फाइभजी अपग्रेड हुने भनिएको थियो। त्यही व्यवस्थामा टेकेर प्राधिकरणले नेपाल टेलिकमलाई उपकरण खरिदको अनुमति दिनुपर्ने माग छ। तर यसमा टेलिकम आफैले भने चासो दिएको छैन।

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल हुँदा बिलिङ प्रणाली मर्मतसँगै फाइभजीको उपकरण खरिदका लागि विदेशी मुद्राको सिफारिस माग्दै पत्राचार गरेका थिए। तर त्यसपछि भने टेलिकमले चासो दिएको छैन। 

सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रविधिमा चिनियाँ प्रविधि जायन्ट हुवावेले एकाधिकार कायम गरिराखेको छ। विभिन्न समयमा भएका खरिद प्रक्रियाबाटै हुवावेले एकाधिकार कायम गरेको हो। सरकारको बहुमत स्वामित्व भएको टेलिकमका अधिकांश संवेदनशील भागमा हुवावेकै प्रविधि रहेको छ।  

टेलिकम कम्पनीमा मुख्यगरी दुई भाग हुन्छन्। लाइन एक्सिन नेटवर्क (जसमा कोर प्रणालीसँगै पावर, प्रसारण हुन्छन्)    रेडियो एक्सिस नेटवर्क हुन्छन्। कोर प्रणाली भनेको हरेक गतिविधिको व्यवस्थापन र भण्डारणको काम हुन्छ भने नेटवर्कबाट फ्रिक्वेन्सी प्रसार हुन्छ।  

यी दुईवटै प्रणालीमा हुवावेकै प्रविधिको वर्चश्व रहेको छ। नेपाल टेलिकमको फोरजीको कोर नेटवर्क प्रणालीबाहेक हुवावेकै प्रविधि रहेको छ। फोरजीको कोरमा भने चिनियाँ कम्पनी जेटटीईको रहेको छ।  

एउटा कम्पनीको प्रविधिको वर्चस्वले गर्दा एकातिर कम्पनीको व्यापारिक रणनीति पूर्णतया असफल भएको देखिन्छ भने अर्कोतिर चरम जोखिमपूर्ण हुने व्यवसायीहरू बताउँछन्। जब कि निजी कम्पनीहरूले भने प्रविधिमा मिक्स गरेका छन्। एनसेलले जेटटीई र हुवावेको प्रविधि प्रयोग गरेको छ। तर नेपाल टेलिकम भने खरिद प्रणालीका नाममा प्रविधिगत संवेदनशीलताको ख्यालै नगरी एउटै कम्पनीमाथि निर्भर भएको छ।  

हुवावेले अहिलेदेखि नै नेपाल टेलिकमको फाइभजीमा प्रवेश गरेर प्रभाव निरन्तरता दिने रणनीति लिएको छ। 

नेपाल टेलिकमले २०७८ सालमै फाइभजी परीक्षणको अनुमति पाएको थियो। अनुमति पाएको एक वर्षपछि टेलिकमले फाइभजी परीक्षण गरेको थियो। अहिलेसम्म परीक्षणकालमात्र रहेको छ। प्राधिकरणले टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी दिएको छ। 

नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी हुवावेको ‘नियन्त्रणमा’ नेपाल टेलिकमको प्रणाली हुवावेको ‘नियन्त्रणमा’ नेपाल टेलिकमको प्रणाली

images

प्रकाशित : बुधबार, पुस २५ २०८०१०:३७

प्रतिक्रिया दिनुहोस