शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सोल्टी होटलको सेयर मूल्यमा किन देखियो लगातार उछाल?

लगानीकर्ताले दुई महिनामै कमाए प्रतिकित्ता ३२१ रुपैयाँ

मंगलबार, पुस २४ २०८०
सोल्टी होटलको सेयर मूल्यमा किन देखियो लगातार उछाल?

काठमाडौं- पछिल्लो समय सोल्टी होटलको सेयर मूल्य लगातार बढिरहेको छ। होटल तथा सेवा समूहमा सूचीकृत सोल्टी होटलको सेयर मूल्य पछिल्लो समयमात्रै प्रतिकित्ता ३ सय २१ रुपैयाँले बढेको छ। मंगलबार पनि उच्च कारोबार हुने सूचीको तेस्रो नम्बरमा रहेको छ। 

३ लाख ६३ हजार कित्ता सेयर खरिद बिक्रीमार्फत कम्पनीको १७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। गतवर्षको नाफाबाट ३१.५७ लाभांश दिएको थियो। जसमा ५ प्रतिशत बोनस सेयर दिएको थियो। 

होटलको पछिल्लो ५२ हप्तामा न्यूनतम २१५ रुपैयाँ रहेको सेयर मूल्य बढेर ५३६ रुपैयाँसम्म पुगेको थियो। बोनस सेयरपछि कम्पनीको सेयर मूल्य समायोजना भएको थियो। सोहीकारण ४८२‍‍.८६ रुपैयाँ कायम भएको थियो। पुनः लगातार बढ्न थालेको छ। 

सोल्टी होटलको सेयरमूल्य प्रतिकित्ता २४.९४ रुपैयाँले बढेर ४८४ रुपैयाँमा मंगलबार अन्तिम कारोबार भएको  छ। दसैँअघि ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको यस होटलको सेयर मूल्य त्यसयता लगातार बढिरहेको छ। होटलको सेयर मूल्य पछिल्लो भूमअनुसार अझै माथी जाने अनुमान गरिएको छ। 

shl.JPG

विगत १० वर्षदेखि २१ प्रतिशत माथि लाभांश दिएको यस होटेलले गत वर्षको नाफाबाट भने लाभांशमा बोनस सेयरको हिस्सा घटाएको थियो। १० देखि १५ प्रतिशत बोनस सेयर दिइरहेको होटलले गत आर्थिक वर्षको नाफा पछि ५ प्रतिशत मात्रै बोनस सेयर दिएको हो।

साउन २०७२ यता होटेलको मूल्य ५ सय रूपैयाँसम्म पुगेको देखिन्छ। पछिल्लो समय बढ्दो क्रममा रहेको होटलको सेयर मूल्य दुई वर्षयताकै उच्च बिन्दुमा छ। लगानीकर्ताहरूमा यस कम्पनीको सेयर प्रति उच्च आकर्षण देखिएको छ। 

९ करोड २८ लाख कित्ता सेयर सूचिकृत कम्पनीको चुक्ता पुँजी ९२ करोड २८ लाख रहेको छ। त्यस्तै बजार पुँजीकरण ४४ अर्ब ९६ करोड रहेको छ। होटलको प्रतिसेयर आम्दानी ४.४१ रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, पुस २४ २०८०१६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend