आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

हिमालय एयरलाइन्स बन्यो आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा

images
मंगलबार, पुस २४ २०८०
images
हिमालय एयरलाइन्स बन्यो आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा

परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालनापश्चात् वायुसेवाहरूलाई आईओएसए प्रमाणीकरण प्रदान गरिन्छ।

images
images

काठमाडौं- हिमालय एयरलाइन्स आईओएसएमा दर्ता हुने नेपालको पहिलो नेपाली वायुसेवा बनेको छ।

images
images
images

२८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी प्राप्त आईओएसए प्रमाणीकरण एक कोसेढुंगाको रुपमा उपलब्धि हासिल भएको हिमालय एयरलाइन्सले जनाएको छ।

images
images

'हिमालय एयरलाइन्स प्रालि आईओएसए कार्यक्रम म्यानुअलको प्रावधानअनुसार आईएटीए अपरेशनल सेफ्टी अडिट प्रोग्राम (आईओएसए) अन्तर्गत आईओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ', उक्त प्रमाणपत्रमा लेखिएको छ।

images
images

नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमीरुपमा एयरलाइन्सले यसलाई लिएको छ। हिमालय एयरलाइन्सका लागि आईओएसए प्रमाणीकरणले हिमालय एयरलाइन्सले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्ने एयरलाइन्सको दाबी छ।

कम्पनीका अनुसार आईओएसएको यस कठिन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मूल्यांकन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ।

आईओएसए प्रमाणीकरणबारे जानकारी गराउँदै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, 'यो कोसेढुंगाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गर्छ। यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवाको रूपमा समेत स्थान दिन्छ। हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौँ।'

यस्तै उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले हिमालयन एयरलाइन्सको यो उपलब्धिको प्रसंसा गरिन्। उनले भनिन्, 'हिमालय एयरलाइन्सको यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।'

हिमालयन एयरका अनुसार आईएटीए अपरेशनल सेफ्टी अडिट अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवर्द्धन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मूल्यांकन गर्नको लागि विकास गरिएको हो। 

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ। यसमा कागजातहरुको मूल्यांकनका साथै साइटको समीक्षासमेत समावेश हुने गर्दछ। परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालनापश्चात् वायुसेवाहरूलाई आईओएसए प्रमाणीकरण प्रदान गरिन्छ। त्यसकारण पनि आईओएसए दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन आईएटीए सदस्यताको लागि पूर्व सर्त पनि हो।


प्रकाशित : मंगलबार, पुस २४ २०८०१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend