शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

२२०० को बिन्दु पर्खिएका लगानीकर्ता पर्ख र हेरकै स्थितिमा, बजार ओरालोतिर

images
आइतबार, पुस २२ २०८०
images
२२०० को बिन्दु पर्खिएका लगानीकर्ता पर्ख र हेरकै स्थितिमा, बजार ओरालोतिर
images
images

काठमाडौं- गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता पनि पहिलो कारोबार नै ओरालो लागेको छ। गएको साता एकदिन मात्र वृद्धि देखिएको सेयर बजार अहिले उतारचढावको स्थितिमा नै देखिएको छ।

images
images
images

यो साता पहिलो कारोबारमा आइतबार २६.३६ अंकले घटेर बजार २०२२.९२ बिन्दुमा झरेको छ। ८१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

लगातार बढ्दै २८८.५१ अंकको सुधार देखिएपछि गएको ५ गते ३२.७७ अंकले घटेर बजार थामिएको थियो। त्यससहित लगातार ११७.७६ अंकले घटेपछि बजारमा गएको साता बुधबार सुधार देखिएको थियो। तर बिहीबार पुन: झिनो अंकले घटेको बजार यो साता आइतबार पनि घटेको हो। 

images
images

नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। गएको सातायता भने वृद्धि थामिएर बजार ओरालोतिर देखिएको हो। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको थियो। 

अहिले बजारको उतारचढावपूर्ण अवस्था देखिए पनि बजार धेरै तल नझर्ने र २२०० को बिन्दुतर्फ नै लाग्ने विश्लेषकहरूले बताइरहेका छन्। बजारमा अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा नै देखिएका छन्।


प्रकाशित : आइतबार, पुस २२ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend