शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बुद्धभूमि हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

शनिबार, पुस २१ २०८०
बुद्धभूमि हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

हकप्रद सेयर जारीपछि संकलित रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ।

काठमाडौं- बुद्धभूमि हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको १५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।

हकप्रद सेयर जारीपछि संकलित रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरL पारित गर्नुका साथै, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ।

सभाले कम्पनीको हालकै संस्थापक समूहको सञ्चालक समितिलाई अर्को कार्यकालका लागि पनि सर्वसम्मतिमा चयन गरेको छ।

प्रकाशित : शनिबार, पुस २१ २०८०१८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend