आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

ऐतिहासिक पदमार्गको प्रचारका लागि सेनाको एकीकरण पदयात्रा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २० २०८०
images
ऐतिहासिक पदमार्गको प्रचारका लागि सेनाको एकीकरण पदयात्रा

पदयात्रामा निस्कने सेनाको टोली गोरखाबाट धादिङ, नुवाकोटहुँदै काठमाडौंसम्म पुगेर पदयात्रा समापन हुने छ।

images
images

गोरखा- नेपाल एकीकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ।

images
images
images

३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पदयात्रामा निस्किने सेनाको टोली काठमाडौं हनुमान ढोका दरबार पुग्नेगरी पुस २१ गतेदेखि पदयात्रा थालनी गर्न लागिएको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षत्रीले जानकारी दिए।
   
नेपाली सेनाले नेपाल एकीकरण गर्दा प्रयोग भएका तत्कालीन ऐतिहासिक पदमार्गको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारका लागि गोरखा दरबारस्थित हनुमान भञ्ज्याङ चौताराबाट पदयात्राको थालनी गर्न लागेको उनले बताए।

images
images

पदयात्रामा निस्कने सेनाको टोली गोरखाबाट धादिङ, नुवाकोटहुँदै काठमाडौंसम्म पुगेर पदयात्रा समापन हुने प्रमुख सेनानी क्षत्रीको भनाइ छ।
    
सेनाको टोलीले नेपालको राष्ट्रिय झण्डा र टर्चलाइट लिएर पदयात्रामा निस्कने उनले बताए। नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले खडा गरेको नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख, बर्दबहादुर गण र सवुज गणको झण्डासमेत बोकेर नेपाली सेनाले पदयात्रा गर्नेछ।
     
गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा सेनाले पदयात्रा थालनी गर्न लागेको प्रमुख सेनानी क्षत्रीले बताए। नेपाली सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली पदयात्रामा रहने उनले जानकारी दिए। पदयात्रामा निस्कने सेनाको टोली पृथ्वीनारायण शाह नेपाल एकीकरणको आरम्भ गर्दा हिँडेको पदमार्ग हुँदै पुस २६ गते काठमाडौँसम्म पुग्नेछ।
   
गोरखाबाट निस्किएको टोलीले धादिङको सिमानामा पुगेर धादिङस्थित सेनाको टोलीलाई गोरखाबाट लिएर गएको झण्डा, टर्च हस्तान्तरण गर्नेछन् भने धादिङको टोलीले नुवाकोटस्थित सेनाको टोलीलाई झण्डा र टर्चलाइट हस्तान्तरण गर्नेछ।

images
images

त्यस्तै नुवाकोटको टोलीले काठमाडौँको टोलीलार्ई झण्डा र टर्चलाइट हस्तान्तरण गर्ने उनले बताए।
      
काठमाडौँको टोली पुस २७ गतेका दिन हनुमानढोका दरबारमा हुने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा सहभागी भएपछि पदयात्रा समापन हुने प्रमुख सेनानी क्षत्रीले जानकारी दिए।

नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बाटोलाई नेपाली सेनाले विगत पाँच वर्षदेखि एकीकरण पदमार्गका रुपमा विकास गर्दै प्रचारप्रसारका लागि पदयात्रा गर्दै आएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस २० २०८०१३:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend