शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउँदै सरकार

शुक्रबार, पुस २० २०८०
७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं- राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत सरकारलाई थप ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइदिने भएको छ। ८ वर्ष अवधिमा परिपक्व हुने यस ऋणपत्रको नाम विकास ऋणपत्र २०८८ 'छ' दिइएको छ।

यस ऋणपत्रमा बैंक वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकसमेतले आवदेन दिन सक्ने छन्। यस ऋणपत्रमा पुस २२ गते २ बजेसम्म खरिदका लागि आवेदन दिन सक्छन्।

ऋणपत्र पुस २३ गते निष्कासन हुने छ। सरकारले चालु आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने बजेटमार्फत लक्ष्य राखेको छ।

पहिलो त्रैमासमा सरकारले विकास ऋणपत्र मार्फत ९२ अर्ब ३१ करोड र ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ गरी कुल ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।

यस्तै दोस्रो त्रैमासअन्तर्गत राष्ट्र बैंकले मंसिर १८ गते ७ अर्ब रुपैयाँ, पुस ५ गते ७ अर्ब रुपैयाँ र पुस २० गते ७ अर्ब रुपैयाँ गरी २१ अर्ब रुपैयाँको विकास ऋणपत्रमार्फत दीर्घकालीन आन्तरिक ऋण उठाएको छ।

दोस्रो त्रैमासमा राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी alल जारी गरिसकेको छ।

राष्ट्र बैंकको पछिल्लो बोलकबोलका आधारमा विकास ऋणपत्रको ब्याजदर ६ प्रतिशत कायम भएको छ। चालु आर्थिक वर्षभरी औषत विकास ऋणपत्रको ब्याजदर ६.९० प्रतिशत कायम भएको छ।


प्रकाशित : शुक्रबार, पुस २० २०८०१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend