आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नक्कली शैक्षिक प्रमाणपत्रमा पाइलट सम्राटविरुद्ध मुद्दा, रुवाण्डा गएर उडाइरहेका छन् जहाज

images
बिहीबार , पुस १९ २०८०
images
नक्कली शैक्षिक प्रमाणपत्रमा पाइलट सम्राटविरुद्ध मुद्दा, रुवाण्डा गएर उडाइरहेका छन् जहाज
images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको भन्दै मुद्दा दायर गरेका पाइलट रुवाण्डा गएर जहाज उडान गरिरहेका छन्। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि उनीविरुद्ध आज बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। तर उनी नेपाल छाडेर रुवाण्डा गइ पछिल्लो ६ महिनादेखि त्यहीँ जहाज उडान गरिरहेको उनीनिकट स्रोतले जनाएको छ। 

images
images

विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भइ आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्। 

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता घिमिरेका अनुसार शाहीका शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबीन गर्दा निजले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। 

शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिलअन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताए।


प्रकाशित : बिहीबार , पुस १९ २०८०१८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend