शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एकदिनको वृद्धिपछि पुन: घट्यो सेयर बजार, आउने साता के होला?

बिहीबार , पुस १९ २०८०
एकदिनको वृद्धिपछि पुन: घट्यो सेयर बजार, आउने साता के होला?

काठमाडौं- एकदिनको वृद्धिपछि सेयर बजार पुन: घटेको छ। लगातार बढ्दै २८८.५१ अंकको सुधार देखिएपछि गएको ५ गते ३२.७७ अंकले घटेर बजार थामिएको थियो। त्यससहित लगातार ११७.७६ अंकले घटेपछि बजारमा बुधबार सुधार देखिएको थियो। तर बिहीबार पुन: झिनो अंकले बजार घटेको छ। 

यो साता सोमबार पहिलो कारोबारमा ८.७५ अंकले घटेको बजार मंगलबार ३०.०५ अंकले घटेको थियो। बुधबार २७.९० अंकले बढेको बजार बिहीबार पुन: ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा झरेको छ। ११३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

गएको साता ८ गते आइतबार २१.०३ अंक, ११ गते बुधबार १७.२३ अंक र १२ गते बिहीबार १.९३ अंकले बजार घटेको थियो। अघिल्लो साता कारोबार भएको तीन दिन नै घटेको सेयर बजार यो साताको दुई कारोबार पनि ओरालो नै लागेको थियो। 

नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। गएको सातायता भने वृद्धि थामिएर बजार ओरालोतिर देखिएको हो। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको थियो। 

अहिले बजारको उतारचढावपूर्ण अवस्था देखिए पनि बजार धेरै तल नझर्ने र २२०० को बिन्दुतर्फ नै लाग्ने विश्लेषकहरूले बताइरहेका छन्। बजारमा अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा नै देखिएका छन्। आउने साता पनि उतारचढावपूर्ण अवस्थाकै निरन्तरता रहे पनि बजारले हरियाली समाउने विश्लेषकहरूले बताइरहेका छन्। 


प्रकाशित : बिहीबार , पुस १९ २०८०१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend