बिहीबार , वैशाख २७ गते २०८१    
images
images

२७ हिमचुलीको रोयल्टी उठाउन एनएमएलाई थप पाँच वर्षको स्वीकृति

images
बिजनेस न्युज
images
images
२७ हिमचुलीको रोयल्टी उठाउन एनएमएलाई थप पाँच वर्षको स्वीकृति

लामो समयदेखि रोयल्टी उठाउने अधिकार पाएको संघसँगको सम्झौतालाई थप पाँच वर्षका लागि नवीकरण गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ।

images
images

काठमाडौं- २७ वटा हिमचुलीको रोयल्टी उठाउँदै आएको पर्वतारोहण संघलाई थप पाँच वर्षका लागि सरकारले अनुमति दिएको छ। 

images
images
images

लामो समयदेखि रोयल्टी उठाउने अधिकार पाएको संघसँगको सम्झौतालाई थप पाँच वर्षका लागि नवीकरण गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ। 

images

२०३४ सालदेखि नै रोयल्टी उठाउँदै आएको संघले हाल २७ वटा हिमचुलीको रोयल्टी संकलन गर्दै आएको छ। नयाँ संविधान निर्माण भएपछि रोयल्टीको अधिकार स्थानीय तहमा गएपनि संघले भने अदालतको आदेशबाट अधिकारको निरन्तरता लिएको छ। 

images

प्रत्येक पाँच वर्षमा सरकारले संघलाई रोयल्टी उठाउने अधिकारका लागि नवीकरण गर्दै आएको छ। संघले ५ हजार ८ सयदेखि ६ हजार ८५४ मिटरसम्मका २७ हिमचुलीको आरोहण अनुमति दिँदै आएको छ। 

images
images

२०७२ सालपछि सरकारले संघबाट रोयल्टीको अधिकार खोस्ने निर्णय गरेपनि अदालतले संघलाई नै निरन्तरता दिन आदेश दिएको थियो। त्यसपछि भने एनएमले निरन्तर विना अवरोध यो सुविधा पाएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको गैरसरकारी संस्था पर्वतारोहण संघलाई रोयल्टी उठाउने जिम्मा दिँदा अनियमितता भएको भन्दै महालेखाले प्रश्न उठाउँदै आएको छ। 

रोयल्टीको अधिकार स्थानीय तह, प्रदेश र संघीय सरकारको संयुक्त छ। संविधानमै संयुक्त अधिकारको रूपमा रहेको उक्त अधिकारका बारेमा संघीय सरकारले एकलौटीरूपमा निर्णय गर्दै आएको छ। 

images

प्रकाशित : ०२:०४
प्रतिक्रिया दिनुहोस