आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

करछली गरेको बीवाईडीका आयातकर्ताबीच दुष्टता : एकअर्काविरुद्ध मुद्दा हालेर पुगे अदालत

एकलौटी गर्दै यमुना, भाग खोज्दै विशाल

images
images
images
करछली गरेको बीवाईडीका आयातकर्ताबीच दुष्टता : एकअर्काविरुद्ध मुद्दा हालेर पुगे अदालत

यमुना श्रेष्ठले विशाल पण्डितविरुद्ध र विशाल पण्डितले यमुना श्रेष्ठविरुद्ध मुद्दा हालेर उच्च अदालत पुगेको तथ्य फेला परेको छ। व्यावसायिक मर्यादा भुलेर कम्पनीको बेमेलमा व्यक्तिगत तवरको झैझगडासमेत गरी दुई व्यवसायीले एकले अर्कालाई मुद्दा हालेका छन्।

images
images

काठमाडौं- विद्युतीय कार आयातमा करछली गरिरहेको बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता नै दुईवटा कम्पनी रहेको भेटिएको छ। सुरुमा सूर्य गुड्स सप्लायर्समार्फत आयात भइरहेको बीवाईडीका कार पछि साइमेक्स इंक प्रालिले आयात गर्न थाल्यो। आयातको विषयसँगै कम्पनीमा देखिएको विवाद अदालतसम्म पुगेको छ। 

images
images
images

व्यावसायिक मर्यादा भुलेर कम्पनीको बेमेलमा व्यक्तिगत तवरको झैझगडासमेत गरी दुई व्यवसायीले एकले अर्कालाई मुद्दा हालेका छन्। यमुना श्रेष्ठले विशाल पण्डितविरुद्ध र विशाल पण्डितले यमुना श्रेष्ठविरुद्ध मुद्दा हालेर उच्च अदालत पुगेको तथ्य फेला परेको हो। तेस्रो मुद्दामा विशालले श्रेष्ठसहित अन्य दुईलाई समेत विपक्षी बनाएका छन्। यी मुद्दा २०७९ सालमै उच्च अदालत पाटनमा दायर भएका हुन्।  

images

सूर्य गुड्स सप्लायर्समार्फत भइरहेको बीवाईडीको आयात साइमेक्स इंकमार्फत गर्न थालेसँगै यमुना श्रेष्ठले निष्क्रिय हुन थालेको सूर्य गुड्समा विशाल पण्डितलाई हटाएर आफ्नो एकलौटी हक हुनुपर्ने भन्दै २०७९ असार ३० गते उच्च अदालत पाटनमा पण्डितविरुद्ध मुद्दा हालेकी छिन्। 

images

उक्त मुद्दामा २०७९ साउन २० गते चढेको पेशी हेर्न नभ्याइने भएको थियो भने २०७९ साउन २४ गते न्यायाधीशहरू दिपेन्द्रबहादुर बम र राजेन्द्र खरेलको इजलाशले कारण देखाउसँगै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश जारी गरेको थियो। त्यसपछि २०७९ साउन २९ गतेको पेशीमा पनि न्यायाधीशहरू जनक पाण्डे र दिपेन्द्रबहादुर बमको इजलाशले छलफलमा झिकाउने आदेश गर्‍यो।

images
images

२०७९ साउन २९ गते नै सूर्य गुड्सका साझेदार पण्डित पनि श्रेष्ठविरुद्ध मुद्दा लिएर उच्च अदालत गएका थिए। जसले गर्दा २०७९ भदौ ७ गतेको इजलाशमा न्यायाधीशहरू ऋषिराम दवाडी र महेश शर्मा पौडेलको इजलाशले दुवै मुद्दा साथै हेर्नेगरी लगाउमा राख्ने आदेश जारी गर्‍यो।

त्यसपछि पनि विभिन्न समयमा अन्तरकालीन आदेश जारी हुने, प्रमाण मिसिल झिकाउने, प्रमाण बुझ्नेलगायत आदेशहरू जारी भएका छन्।

यस्तोमा पण्डित पुनः २०७९ फागुन २९ गते उजुरीपत्र लिएर उच्च अदालत गए। जसमा उनले यमुना श्रेष्ठसँगै साइमेक्स इंकका अनिल श्रेष्ठ र ग्लोबल आईएमई बैंकको कुपण्डोल शाखालाई पनि विपक्षी बनाएका छन्।

यसमा २०८० बैशाख १७ गते न्यायाधीशहरू राज्यलक्ष्मी बज्राचार्य र राजेन्द्र खरेलको इजलाशले यसअघिका दुईवटा मुद्दासँग साथै राखेर हेर्ने आदेश जारी गरेको छ। यसपछि न्यायाधीशहरू राज्यलक्ष्मी बज्राचार्य र किरणकुमार पोखरेलको इजलाशले २०८० बैशाख २४ गते अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेको थियो।

अन्तरिम आदेश जारी नहुने भनिएयता उक्त मुद्दामा १४ पटक चढेको पेशीमा ८ पटक हेर्न नमिल्ने, दुई पटक हेर्न नभ्याइने भएको छ भने ४ पटक कानून व्यवसायीले स्थगित गराएका छन्। 

बीवाईडी ई-सिक्समा साइमेक्सले राजस्व छलेको पुष्टि, थप १ करोड १५ लाख तिर्न भन्सारको पत्र बीवाईडी ई-सिक्समा साइमेक्सले राजस्व छलेको पुष्टि, थप १ करोड १५ लाख तिर्न भन्सारको पत्र

विशाल पण्डितले कम्पनी बिगारेको यमुनाको दाबी

कम्पनीको सर्वसम्मत सम्झौताबमोजिम गराइ क्षतिपूर्तिसमेत माग गर्दै कम्पनीलाई क्रियाशील गराउन आवश्यक र उपर्युक्त आदेश जारी गरी पाउँ भनि यमुना श्रेष्ठ २०७९ असार ३० गते उच्च अदालत पाटनमा मुद्दामा गएकी छिन्। 

विपक्षी विशाल पण्डितले कम्पनी ऐन, २०६३ को दफा १०४, १३९, १४०, १४५, १५९, १६०, १६१ एवं १६३ समेत उल्लंघन गरी आफू र आफूले स्थापना गरी हाल आफूसँग ५० प्रतिशत सेयर भएको सूर्य गुड्स सप्लायर्स कम्पनी लिमिटेडलाई अन्याय गरेको भन्दै श्रेष्ठले उजुरी निवेदनपत्र पेश गरेकी छिन्। 

कम्पनी दर्ता विवरणअनुसार २०६९ असोज २ गते स्थापना भएको सूर्य गुड्स सप्लायर्स कम्पनीमा विशाल पण्डितलाई व्यावसायिक साझेदार बनाएपछि समस्या सुरु भएको श्रेष्ठले उल्लेख गरेकी छिन्। 

जसमा २०७४ पुस १४ गते कुल १० हजार थान सेयरमध्ये दुवैले ५/५ हजार थान सेयर लगत कायम गरेर काम सुरु गरेका थिए। लगत्तै उनीहरूले कम्पनीको पुँजी वृद्धि गरी दुवैको ५०/५० प्रतिशत हुनेगरी दुवैले जनही ५० हजार कित्ता सेयर लिएका थिए। यो सबैमा उनीहरूले २०७४ पुस ४ गते नै दुईपक्षीय (एमओयू) सम्झौता गरेका थिए। जसको मुख्य विषय विद्युतीय गाडी आयात गरी व्यापारमा काम गर्ने भन्ने नै देखिएको छ। 

विद्युतीय गाडी आयात गर्न ब्रान्ड किन्नका लागि पण्डितले १ अर्ब ५० करोड रुपैयाँ जोहो गर्नुपर्ने भए पनि उक्त काम नगरेको आरोप श्रेष्ठले लगाएकी छिन्। पण्डितले कम्पनीमा अध्यक्ष भएको हैसियतमा गर्नुपर्ने आवश्यक अन्य काम नगरेको र आर्थिक दायित्वसमेत वहन नगरेको आरोप श्रेष्ठको छ। आफूले एकल रुपमा चलाउँदा राम्रोसँग चलिरहेको कम्पनी पण्डित भित्रिएसँगै भद्रगोल भएको आरोप श्रेष्ठले लगाएकी छिन्। 

यस्तोमा सूर्य गुड्सले साइमेक्स इंक प्रालिसँग विद्युतीय गाडी बीवाईडी खरिद गरी व्यापार गर्न नसकेको भन्दै सूर्य गुड्सबाट काम हुन नसकेको विषय श्रेष्ठले उल्लेख गरेकी छिन्। आफूहरूबीच सूर्य गुड्समार्फत नै वार्षिक एक सय वटा बीवाईडी गाडी बेच्ने र सात करोड रुपैयाँ नाफा कमाउने उद्देश्यसहितको सहमति भएको तर त्यसरी काम नहुँदा घाटा भएको उनले उल्लेख गरेकी छिन्।

त्यसरी मुद्दामा जाँदासम्मको समयलाई हिसाब गरेर उनले ४ वर्ष ६ महिनाको ३१ करोड ५० लाख रुपैयाँ पण्डितकै कारण घाटा भएको बताएकी छिन्। त्यसका लागि उक्त रकम र त्यही बराबरको क्षतिपूर्ति पण्डितले तिर्नुपर्ने श्रेष्ठको माग छ। पण्डितकै कारण सूर्य गुड्स कम्पनी नै निस्क्रिय र धरासायी भएको आरोप श्रेष्ठको छ। 

पण्डितले ५० प्रतिशत सेयर लिएको र सोबापत कम्पनीलाई बुझाएको रकम पनि पण्डित आफैले नै खर्च गरेको दाबी श्रेष्ठले गरेकी छिन्। उनले कम्पनीको सम्पूर्ण अख्तियारी र जिम्मेवारी आफूलाई मात्र हुनुपर्ने माग गरेकी छिन्। 

एटो थ्री : कर छल्न आयात मूल्य कम तर उपभोक्ताबाट असुलिँदै अकुत नाफा एटो थ्री : कर छल्न आयात मूल्य कम तर उपभोक्ताबाट असुलिँदै अकुत नाफा

यमुना श्रेष्ठले एकलौटी गरेको भन्दै विशाल पण्डित मुद्दामा

कम्पनी ऐन २०६३ को दफा १५९ को ९१० का आधारमा सेयरधनी सञ्चालक हकहितविरुद्धका सबै काम बदर गरी क्षतिपूर्तिसमेत माग गरेर पण्डित २०७९ साउन २९ गते उच्च अदालत गएका हुन्।  

श्रेष्ठसँगको चिनजानका आधारमा संयुक्त रुपमा सूर्य गुड्स सप्लायर्समा आधाआधा सेयर रहने गरी बाँडफाँट गर्ने र बीवाईडीको विद्युतीय गाडी ल्याइ बिक्री गर्ने भन्ने छलफल र सहमतिपछि आफू कम्पनीमा ५० प्रतिशत सेयर खरिद गरी जोडिएको पण्डितले उल्लेख गरेका छन्।

उनले विशेषगरी बीवाईडी अटो प्रडक्टको डिलरसिप इजाजत लिइ सूर्य गुड्स सप्लायर्सको संयुक्त खाता इन्भेष्टमेन्ट बैंकमा खोलेर दुवै सेयरधनीको संयुक्त हस्ताक्षरमा काम गर्दै आएको जनाएका छन्। त्यसका लागि आफूले बीवाईडीको गाडी नेपाल ल्याउनका लागि पटक पटक गरी १२ करोड रुपैयाँ संयुक्त खातामा जम्मा गरेको उल्लेख गरेका छन्। 

यसरी इन्भेष्टमेन्ट बैंकमा नै सवारी दर्ता किताब रहेको अवस्थामा सूर्य गुड्सको नाममा खरिद गरेको बा २१ च ६१२१, बा २१ च ६११७, बा २१ च ६१२४, बा २१ च ४१३, बा २१ च ६११५ र बा २१ च ६११८ नम्बरको ६ वटा गाडीहरू बेचेर सबै रकम श्रेष्ठले एकलौटी गरेको आरोप पण्डितले लगाएका छन्। उक्त गाडीहरूको इन्भेष्टमेन्ट बैंकमा सूर्य गुड्स ऋणी भएकाले तिर्नुपर्न किस्तासमेत श्रेष्ठको हिनामिनाले नतिरिएको पण्डितले उल्लेख गरेका छन्। जसका कारण बा २१ च ६११५ को गाडी नै बैंकले नियन्त्रणमा राखेको उनले जनाएका छन्। 

यसैले समस्या देखिएपछि आफूले हरहिसाब मिलाउनका लागि इन्भेष्टमेन्टकै खातको चेकमा ५१ लखा ७५ हजार रुपैयाँको चेकमा दस्तखत गरी श्रेष्ठलाई दिएको तर उक्त रकम श्रेष्ठले र्‍यापिड सर्जिकल प्रालि नामको कम्पनीको खातामा जम्मा गरी आफूलाई झुक्यानमा पारेको पण्डितले उल्लेख गरेका छन्। जसमा आफ्नो साथीको कम्पनीलाई सापटी दिएको र केही समय ब्याजसहित रकम फिर्ता हुने जवाफ श्रेष्ठले दिएको पण्डितले उल्लेख गरेका छन्। 

साझेदारी कम्पनीको नामको गाडीहरू सहमतिबिना बिक्री गरी रकम हिनामिना गरेको र खातामा रहेको रकममा समेत एकलौटी काम गर्दै काम गरेको आरोप पण्डितले श्रेष्ठमाथि लगाएका छन्। कम्पनीको आम्दानी र मुनाफाबाट आफूलाई बञ्चित गरिएको पण्डितले उल्लेख गरेका छन्। 

श्रेष्ठले कम्पनीको गाडीको लगानी १२ करोड, मुनाफा २ करोड रुपैयाँ साथै बा २१ च ६१२२ नम्बरको गाडी परराष्ट्र मन्त्रालयलाई बिक्री गरी उक्त ६७ लाख ८५ हजार रुपैयाँ ग्लोबल आईएमई बैंक लगनखेल शाखामार्फत एकलौटी रुपमा झिकी अन्याय गरेको पण्डितले जनाएका छन्। 

कम्पनीमा ५० प्रतिशत सेयर भएको आफूलाई जानकारीसमेत नदिइ कम्पनीको रकम झिकेर खाएको, कम्पनीको गाडी बिक्री गरी रकम लिएको अवस्थामा हिसाबकिताब गरौँ भन्दा पनि आफूलाई अभद्र व्यवहार गर्दै गाडी आफ्नै भएको र बेच्न कसैलाई सोध्नु नपर्ने जवाफ श्रेष्ठले दिएको पण्डितले फिराद पत्रमा उल्लेख गरेका छन्। 

कम्पनीको सेयरधनीको हकहितविरुद्ध कम्पनीको कारोबार सञ्चालन भएको भन्दै पण्डितले आफूलाई भएको नोक्सानीको बिगो र बिगो बराबरको रकम श्रेष्ठले तिर्नुपर्ने माग राखेका छन्। 

विशषेगरी पण्डितले ६ थान गाडीको रकम, आफूलाई थाहा नदिइ प्रयोग भएको कम्पनीको १२ करोड रुपैयाँ र परराष्ट्रलाई बेचेको गाडीको ६७ लाख ८५ हजार रुपैयाँ र चेकमार्फत दिएको ५१ लाख ७५ हजार रुपैयाँमा लाग्ने हकका बारेमा उल्लेख गर्दै मुद्दा किनारा नलागेसम्म कम्पनीमार्फत बीवाईडीको खरिद बिक्रीमा रोक लगाउनुपर्ने माग गरेका छन्।  

मुद्दा नटुंगिएसम्म बीवाईडी आयात गर्न दिन नहुने माग

पण्डित पुनः २०७९ फागुन २९ गते उजुरीपत्र लिएर उच्च अदालत गएका छन्। 

जसमा उनले सूर्य गुड्समा साझेदार रहेकी यमुना श्रेष्ठसँगै साइमेक्स इंक प्राइभेट लिमिटेड, साइमेक्समा साझेदार रहेका यमुनाका भाइ अनिल श्रेष्ठ र ग्लोबल आईएमई बैंकको कुपण्डोल शाखालाई पनि विपक्षी बनाएका छन्। 

यसअघिको मुद्दामा भएको सबै विषय उल्लेख गर्दै उनले २०७५ साल साउन ९ गते सूर्य गुड्समार्फत बीवाईडीको गाडी ल्याइ बिक्री गर्नेगरी एजेन्सी दर्ताको प्रमाणपत्र प्राप्त गरेको जनाएका छन्।

त्यहीअनुरुप गाडी ल्याइ बिक्रीको काम गरिरहँदा यमुना श्रेष्ठले सूर्य गुड्सलाई बाइपास गर्दै अनिल श्रेष्ठसँग मिलेर पहिलेदेखि नै दर्ता रहेको साइमेक्स इंकमार्फत काम गर्न थालेको पण्डितले उल्लेख गरेका छन्। आफूलाई बीवाईडी आयात र बिक्रीका लागि भनेर कम्पनीको सेयर साझेदार बनाउने तर कम्पनीको हकहित र उद्देश्यबिपरीत अन्य व्यक्तिसँग साँठगाँठ गरेर श्रेष्ठले आफूलाई हानी पुर्‍याउने काम गरेको पण्डितले जनाएका छन्। 

आफूले १ करोड ५० लाख रुपैयाँ बुझाएर साइमेक्ससँग बीवाईडीको ब्रान्ड लिएको तर काम भइरहँदा पनि कम्पनी निष्क्रिय बनाउनेतर्फ श्रेष्ठ लागेको पण्डितको आरोप छ। साइमेक्समा मिलेर मूल कम्पनी सूर्य गुड्सलाई हानी हुने काममा अनिल श्रेष्ठको सहयोग देखिएको आरोप पण्डितको छ।

सूर्य गुड्समार्फत आयात भइरहेको बीवाईडी गाडी झुक्यानमा पारेर अनिल श्रेष्ठ र यमुना श्रेष्ठ मिलेर साइमेक्समार्फत आयात/बिक्री गरिरहेको हुँदा मुद्दा नटुंगिएसम्म उक्त आयात/बिक्री गर्न दिन नहुने र साइमेक्सको समेत खाता रोक्का गर्नुपर्ने माग पण्डितको छ।

साथै आफूलाई जानकारीसमेत नदिइ श्रेष्ठले ग्लोबल आईएमई बैंकको कुपण्डोल शाखामा खाता खोलेर अनधिकृत रुपमा कम्पनीको कारोबार गरेकोसमेत पण्डितले जनाएका छन्। यसैले उनले ग्लोबल आईएमईलाई समेत विपक्षी बनाएका छन्। त्यसमा बैंकसँग कुरा राख्दा आफू साझेदार हुनुभन्दा पहिलेकै विवरण राखेर काम गरेको देखिएको उनले जनाएका छन्।

यसमा बैंकको समेत मिलीभगत रहेको उनको आरोप छ। हरेक वर्ष कम्पनीको आर्थिक विवरणहरू बुझाएर केवाईसी भराउनुपर्ने विषयलाई समेत बेवास्ता गर्दै बैंकको मिलेमतोमा साझेदार कम्पनीमा गलत काम भएको पण्डितले उल्लेख गरेका छन्।

दुई कम्पनीबीचको लफडा छताछुल्ल भएसँगै यसले उपभोक्तामा दुविधा उत्पन्न गराएको छ। यही कारण नै हुन सक्छ बीवाईडी ब्रान्डले सर्भिस सेन्टर तथा चार्जिङ पूर्वाधार विस्तारमा आवश्यकताअनुसार काम गरेको छैन। आधिकारिक बिक्रेताको लफडा चलेकाले साइमेक्सको दाउ सवारी बिक्री गर्ने र नाफा कुम्ल्याउनेमात्र भएकोजस्तो देखिएको छ। 

बीवाईडीमा साइमेक्सको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्

images

प्रकाशित : बुधबार, पुस १८ २०८००५:५७
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस