शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

२८८ अंकको वृद्धिपछि लगातार ६ कारोबारमा घटेको सेयर बजारमा पुन: हरियाली, ४ अर्बमाथिको कारोबार

images
बुधबार, पुस १८ २०८०
images
२८८ अंकको वृद्धिपछि लगातार ६ कारोबारमा घटेको सेयर बजारमा पुन: हरियाली, ४ अर्बमाथिको कारोबार
images
images

काठमाडौं- लगातार राताम्य भइरहेको सेयर बजारमा हरियाली देखिएको छ। लगातार बढ्दै २८८.५१ अंकको सुधार देखिएपछि गएको ५ गते ३२.७७ अंकले घटेर बजार थामिएको थियो। त्यससहित लगातार ११७.७६ अंकले घटेपछि बजारमा सुधार देखिएको हो।

images
images
images

बुधबार बजार २७.९० अंकले बढेर २०५८.०० बिन्दुमा पुगेको छ। २०९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। ३० कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता ८ गते आइतबार २१.०३ अंक, ११ गते बुधबार १७.२३ अंक र १२ गते बिहीबार १.९३ अंकले बजार घटेको थियो। अघिल्लो साता कारोबार भएको तीन दिन नै घटेको सेयर बजार यो साताको दुई कारोबार पनि ओरालो नै लागेको थियो। यो साता पनि सोमबार पहिलो कारोबारमा ८.७५ अंकले घटेको बजार मंगलबार ३०.०५ अंकले घटेको थियो। 

images
images

नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। गएको सातायता भने वृद्धि थामिएर बजार ओरालोतिर देखिएकोमा बुधबारको अवस्था भने सुखद देखिएको छ। 

अहिले बजारको उतारचढावपूर्ण अवस्था देखिए पनि बजार धेरै तल नझर्ने र २२०० को बिन्दुतर्फ नै लाग्ने विश्लेषकहरूले बताइरहेका छन्। बजारमा अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा नै देखिएका छन्। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको हो। 


प्रकाशित : बुधबार, पुस १८ २०८०१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend