शनिबार, मंसिर ८ गते २०८१    
images
images

दीपु ज्वारचन बने एयरबस ३२० को पहिलो नेपाली परीक्षक पाइलट

images
मंगलबार, पुस १७ २०८०
images
images
दीपु ज्वारचन बने एयरबस ३२० को पहिलो नेपाली परीक्षक पाइलट
images
images

काठमाडौं- नेपालको उड्डयन इतिहासमा पहिलोपटक नेपाली पाइलटले एयरबस ३२० को परीक्षक पाइलट (डीसीपी-ए) को लाइसेन्स पाएका छन्। नेपाल वायुसेवा निगममा एयरबस ३२० उडान गरिरहेका सिनियर प्रशिक्षक पाइलट दीपु ज्वारचनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षक पाइलटको लाइसेन्स दिएको हो।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार ज्वारचन नै एयर बस ३२० को पहिलो नेपाली परीक्षक पाइलट हुन्।

images

प्राधिकरणका अनुसार अब ज्वारचन पाइलटहरूको परीक्षासमेत लिन पाउने भएका छन्। यसअघिसम्म ज्वारचनले प्रशिक्षक पाइलटको रुपमा पाइलटहरूलाई तालिम दिन्थे। अब भने उने पाइलटहरूको परीक्षासमेत लिन पाउने छन्। 

images

उनले अब एयरबस ३२० जहाज उडानका को-पाइलट तथा पाइलटको तालिम तथा परीक्षा लिन पाउने छन्। अहिलेसम्म नेपालमा विदेशी पाइलटबाट नै पाइलटहरूको परीक्षा लिनु पर्ने अवस्था थियो।

योसँगै एयरबस ३२० को पाइलट परीक्षा नेपाली पाइलटबाट नै हुने भएको छ। ज्वारचन २००७ देखि नेपाल एयरलाइन्सका जहाज उडान गरिरहेका छन्। २००७ मा खुला प्रतिस्पर्धाबाट निगमको प्रवेश गरेका ज्वारचनले २०१५ सम्म टि्वनअटर जहाज उडान गरेका थिए।

उनी २००७ मा को-पाइलटको रुपमा नेपाल एयरलाइन्स प्रवेश गरेका थिए। २०१५ बाट एयरबस ३२० उडान गरिरहेका ज्वारचनले २०२२ मा प्रशिक्षक पाइलटको लाइसेन्स पाएका थिए। यसैबीचमा उनी अपरेशन विभागको प्रमुखसमेत भइसकेका छन् भने छोटो समयका लागि उनी निगमको निमित्त महाप्रबन्धकसमेत भएका थिए। 

प्रशिक्षक पाइलटको लाइसेन्स लिए‍को दुई वर्षनबित्दै उनले परीक्षक पाइलटको लाइसेन्स पाएका हुन्। ज्वारचनले करिब ९ हजार घण्टा जहाज उठाइसेका छन्। उनका बुबा पनि पाइलट हुन् भने आमाले पनि नेपाल एयरलाइन्सको क्याबीन क्रू प्रमुखको सेवाबाट हालैमात्र अवकाश लिएकी हुन्।


प्रकाशित : मंगलबार, पुस १७ २०८०१७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend