शुक्रबार, असोज ४ गते २०८१    
images
images

१५ लाख घुससहित मालपोत कार्यालय प्रमुख र अमिन पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १५ २०७८
images
images
१५ लाख घुससहित मालपोत कार्यालय प्रमुख र अमिन पक्राउ

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन्।

images
images

भरतपुर- चितवनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन्।

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घुस लिँदै गर्दा पक्राउ गरेको हो। 

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घुस लिएका हुन्। करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए। जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घुस मागेका थिए। अशंबन्डा गर्दा पनि घुस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए।

प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले १५ लाख रुपैयाँको चेक र ५० हजार रुपैयाँ नगद बरामद गरेको छ। उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घुस लिँदै गर्दा पक्राउ गरिएको हो। प्रमुख पौडेलले १५ लाखको चेक घुस नभई आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन्। 

images

यस्तै अमिन कठायतका साथबाट तीन लाख ५० हजारको चेक र नगद एक लाख ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए। उनलाई भरतपुर-४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो। दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन्। घुस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ। अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए। रासस 


प्रकाशित : बुधबार, मंसिर १५ २०७८०८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend