शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

फेरियो सेयर बजारको गति, गएको सातादेखि नै निरन्तर ओरालो

मंगलबार, पुस १७ २०८०
फेरियो सेयर बजारको गति, गएको सातादेखि नै निरन्तर ओरालो

काठमाडौं- अघिल्लो साता कारोबार भएको तीन दिन नै घटेको सेयर बजार यो साताको दुई कारोबार पनि ओरालो नै लागेको छ। त्यसअघि दुई साता ठूलो उछाल देखिएको बजारले त्यहीअनुरुप गति लिन सकेको छैन। 

यो साता पहिलो कारोबारमा सोमबार ८.७५ अंकले घटेको बजार मंगलबार ३०.०५ अंकले घटेर २०३०.१० बिन्दुमा झरेको छ। ३७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ। २०५ कम्पनीको सेयर मूल्य घटैको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। गएको सातायता भने वृद्धि थामिएर बजार ओरालोतिर देखिएको छ। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको थियो।

अहिले बजारको उतारचढावपूर्ण अवस्था देखिए पनि बजार धेरै तल नझर्ने र २२०० को बिन्दुतर्फ नै लाग्ने विश्लेषकहरूले बताइरहेका छन्। बजारमा अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा नै देखिएका छन्। 


प्रकाशित : मंगलबार, पुस १७ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend