आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

जहाज किन डिले हुन्छ?

images
मंगलबार, पुस १७ २०८०
images
जहाज किन डिले हुन्छ?
images
images

काठमाडौं- केही दिनदेखि विशेषतः आन्तरिक उडानहरूको समय तालिका प्रभावित भएका छन्। तोकिएको समयमा उडान हुन सकेको छैन। विमानस्थल पुगेका यात्रु सयममा आफ्नो गन्तव्यसम्म पुग्न सकेका छैनन्। समयमा उड्न नपाएपछि यात्रुहरूले एयरलाइन्स कम्पनी तथा विमानस्थलका कर्मचारीहरूसँग गुनासो गरिरहेका छन्। 

images
images
images

यात्रुको आक्रोशमिश्रित गुनासो सम्बोधन गर्न एयरलाइन्स कम्पनीहरूले पनि तोकिएकै सयममा जहाज उडान हुने नसकेको भन्दै आफ्नो तर्फबाट सूचना आदानप्रदान गरिरहेका छन्।

images
images

के जहाज डिले हुनुमा एयरलाइन्स कम्पनी र विमानस्थल कर्मचारीको मात्रै दोष छ त? जहाज डिले कस्तो कस्तो अवस्थामा हुन्छ? यस विषयमा हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलका प्रवक्ता सुवास झालाई प्रश्न गरेका थियौँ।

images
images

जहाज डिले हुने कारणमध्ये सबैभन्दा पहिलो र प्रमुख कारण मौसमी अवस्था रहेको झा बताउँछन्। उदाहरणका लागि पुस १८ गते बिहानदेखि उडानका लागि अघिल्लो दिन नै उडान तालिका स्वीकृत गरिएको हुन्छ। सोहीअनुसार विमानस्थल कार्यालयले काम गरिरहेको हुन्छ। तर मौसममा खराबी आएपछि तोकिएअनुसारको उडान तथा अवतरण हुन सक्दैन। यो नै जहाज डिलेको प्रमुख कारण रहेको झा बताउँछन्।

अर्को त, समयमै विमानस्थलमा यात्रु नपुग्दा पनि जहाज डिलेको समस्या आउने गरेको उनी बताउँछन्। रात्रीकालीन उडान हुने विमानस्थलहरूमा पनि एयरलाइन्स कम्पनीहरूले दिउँसोकै समयमा उडान गर्न खोज्ने कारण पनि उडानमा प्रभाव परेको उनको भनाइ छ।

विमानस्थलले क्षमताभन्दा बढी उडान तथा अवतरण नगर्ने भएपनि जहिले पनि सफा मौसमकै परिकल्पना गरेर उडान तथा अवतरण तालिका तय गर्ने र मौसममा खराबी आउनेवित्तिकै जहाज डिलेको समस्या आउने उनको भनाइ छ। झाले मौसमसँगै क्षमताभन्दा बढी उडान तथा अवतरणको चाप रहँदा जहाज डिलेको समस्या आइरहेको बताए। 

जहाज उडान तथा अवतरणमा डिले हुनुमा कसैलाई पनि दोष दिएर आफूहरू पन्छिन नहुने उनको भनाइ छ। सबैले मिलेर नै समस्या सामाधान गर्नुपर्ने उनको भनाइ छ। केही दिनदेखि मौसममा देखिएको समस्याका कारण पनि अहिले जहाज उडान तथा अवतरणमा डिले हुने समस्या आएको झा भनाइ छ।

नेपालको जलवायु निकै परिवर्तनशील छ। काठमाडौंबाट उत्तरतर्फ १५ मिनेटको उडानमा माइनस तापक्रम हुन्छ भने १५ मिनेट दक्षिणको उडानमा निकै गर्मी। मौसम र भिजिबिलिटी प्रतिकूल हुँदा उडानहरू प्रभावित हुने बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दीपेन्द्र कर्ण बताउँछन्। यसका साथै उडानका लागि तेस्रो वैकल्पिक गन्तव्य पनि चाहिन्छ। वैकल्पिक गन्तव्य नखुल्दा पनि उडान ढिलो हुन्छ। 

'बिहान विमानस्थल केहीबेर मात्रै ढिला खुल्दा क्रमशः सबै उडानहरू प्रभावित र डिले हुन जान्छन्। कम भिजिबिलिटी हुँदा उडानहरू आईएफआरमा सञ्चालन हुन्छन्। भीएफआरमा छिटो हुने र आईएफआरमा उडान केही समयको अन्तरालमा हुँदा प्रभावित हुन जान्छन्,' उनले भने, 'बुद्ध एयरले उडानसम्बन्धी सूचनाहरू एसएमएस, मोबाइल एप्स तथा सामाजिक सञ्जालमार्फत निरन्तर प्रवाह गर्ने गरेको छ। हामीले यात्रुहरूलाई टिकट लिँदा व्यक्तिगत मोबाइल नम्बर इन्ट्री गर्न अनुरोध पनि गरेका छौँ। यसले उडानसम्बन्धी सूचना तत्कालै प्रवाह गर्न सजिलो हुन्छ।'

उनका अनुसार बुद्ध एयरले काठमाडौंस्थित डिर्पाचर हलमा विभिन्न गन्तव्यहरूको विमानस्थलको अवस्था पनि यात्रुले सहजै हेर्न तथा जानकारी लिन सक्छन्।

बुद्ध एयरले जस्तै यती एयरले पनि यात्रुको सहजताका लागि आफ्नो एपबाट सूचना जानकारी गराउँदै आएको छ। यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले मौसमसँगै अन्य विभिन्न कारण पनि पछिल्लो सयम जहाज डिलेको समस्या बढेको बताए।


प्रकाशित : मंगलबार, पुस १७ २०८०१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend