शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

मंगलबार, पुस १७ २०८०
सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.२६ प्रतिशतले हुन आउने ९८ लाख ६८ करोड बराबरको नगद लाभांश दिने भएको छ।

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ। पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई बोनस सेयर तथा नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको सञ्चालक समितिले कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। सो लाभांशमध्ये ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख बराबरको बोनस सेयर दिने निर्णय बैठकले गरेको छ।

यस्तै, बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.२६ प्रतिशतले हुन आउने ९८ लाख ६८ करोड बराबरको नगद लाभांश दिने भएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी सातौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र लगानीकर्ताहरुलाई वितरण गरिनेछ।

 


प्रकाशित : मंगलबार, पुस १७ २०८०११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend