काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले लिएकाे नीतिकै करण नेपालकाे अर्थतन्त्र नयाँ बाटाेमा हिँड्न सफल भएको बताएका छन्।
२०४८ सालपछि निजी क्षेत्रलाई खुला गरेसँगै निजी क्षेत्र र विदेशी लगानी भित्रिएकाे बताउँदै उनले अब दाेस्राे चरणकाे सुधार आवश्यक रहेकाे बताए।
'१९९० काे दशकमा अगाडि बढाएकाे नीतिलाई अलम्बन गर्दै विगतकाे कमी कमजोरी सच्याएर अगाडि बढ्नुकाे विकल्प छैन' प्रधानमन्त्री देउवाले भने।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) काे रजत जयन्तीकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले अब दाेस्राे चरणकाे आर्थिक सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गरि अगाडि बढ्नेसमेत बताए।
सेजन डे काे अवसरमा सेजन अवार्डबाट हिमाल खबर अनलाइनबाट रमेश कुमार न्याैपाने र अन्नपूर्ण दैनिककी सुनिता कार्कीले पाएकी छन्। सेजन अवार्डपावत दुवैले जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन्।