काठमाडौं- काठमाडौंको त्रिभवुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सुरु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले विमानस्थलको आन्तरिक टर्मिनलदेखि मुख्य सडकको गेटसम्म सटल बस सेवा सुरु भएको हो।
अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रुहरु सिधै चक्रपथ नजिकै आउने भएपनि आन्तरिक उडानका यात्रुहरु लगेज वा भारी सामग्री भएमा ट्याक्सी लिनैपर्ने बाध्यता थियो।
यात्रुलाई सिधै सार्वजनिक यातायातसँग पहुँच विस्तार गर्ने विमानस्थलको टर्मिनलदेखि चक्रपथसम्म नि:शुल्क सटल बस सेवा सुरु भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
विमानस्थलमा बिहान ६ बजेदेखि राति ११ बजेसम्म यस्ता बस चल्ने छन्।