शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

साताको पहिलो कारोबारमै घट्यो सेयर बजार, ७७ कम्पनीको सेयर मूल्य बढ्दा चार अर्बभन्दा बढीको कारोबार

सोमबार, पुस १६ २०८०
साताको पहिलो कारोबारमै घट्यो सेयर बजार, ७७ कम्पनीको सेयर मूल्य बढ्दा चार अर्बभन्दा बढीको कारोबार

सोमबार ८.७५ अंकले घटेर बजार २०६०.१५ बिन्दुमा पुगेको छ। ७७ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा यो साता पनि गिरावट आएको छ। अघिल्लो साताको तीनै कारोबारमा घटेको सेयर बजार यो साताको पहिलो कारोबार पनि ओरालो लागेको हो। 

सोमबार ८.७५ अंकले घटेर बजार २०६०.१५ बिन्दुमा पुगेको छ। ७७ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार रूपैयाँको कारोबार भएको छ। एक सय ५९ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको भने स्थिर छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उचालिएको बजार अघिल्लो साता यतादेखि पुन: ओरालो लागेको छ। नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। अहिले वृद्धि थामिए पनि बजारले उचाइतर्फकै यात्रा गर्ने आधारहरू देखिएको विश्लेषकहरू बताउँछन्।

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको थियो।

अहिले उचालिएको बजारमा वृद्धि थामिएको भए पनि अवस्था उचाइतर्फ लाग्ने नै भएको विश्लेषकहरू बताउँछन्। यसमा लगानीकर्ताको मनोविज्ञान सकारात्मक नै रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, पुस १६ २०८०१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend