काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीहरूलाई गुणस्तरीय उत्पादनमा ध्यान दिन सुझाव दिएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रतिस्पर्धी क्षमता बढाउन गुणस्तरीय वस्तु तथा सेवाको उत्पादनमा ध्यान दिन सुझाव दिएका हुन्।
'हामी अरु देशको तुलनामा न्यून प्रतिस्पर्धी छौँ। मास उत्पादन गर्ने उद्योगसँग हामीले अहिलेकै अवस्थामा प्रतिस्पर्धा गर्न सक्दैनौँ। त्यसैले नेपालका उद्योगीहरूले गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्छ। यसो हुँदा हामी पहिला त नेपालमै प्रतिस्पर्धी हुन्छौँ त्यसपछि विश्वव्यापी हुन्छौँ' उनले भने।
नेपालमा सम्भावना भएका क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको सुझाव छ।