काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ खुद सञ्चालन नाफा गरेको छ।
गत वर्ष प्राधिकरणले एरोनटिकलतर्फबाट ११ अर्ब ७२ करोड रुपैयाँ र नन्एरोनटिकल तर्फबाट १ अर्ब ७८ करोड ८६ लाख गरी १३ अर्ब ५१ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ।
यस अवधिमा प्राधिकरणले ४ अर्ब २३ करोड रुपैयाँ सञ्चालन खर्च गरेको छ। प्राधिकरणले सरकारलाई ४ अर्ब १५ करोड रुपैयाँ कर तिरेको छ।
यस अवधिमा प्राधिकरणले पुँजीगत खर्च ७ अर्ब ४४ करोड रुपैयाँ गरेको छ। प्राधिकरणले गत आर्थिक वर्ष कुल १५ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ।