शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

व्यवस्थापनको लापरबाहीका कारण निगमको बजार हिस्सा घट्दो, २५ प्रतिशतसम्म पुगेको बजार हिस्सा १४.४३ मा झर्‍यो

११ महिनामा ४१ लाख १७ हजारले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

images
images
images
व्यवस्थापनको लापरबाहीका कारण निगमको बजार हिस्सा घट्दो, २५ प्रतिशतसम्म पुगेको बजार हिस्सा १४.४३ मा झर्‍यो

डिसेम्बर महिनाभरि निगमको एउटा न्यारोबडी ३२० विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ। जसको कारण निमगको बजार हिस्सा अझै घट्ने छ।

images
images

काठमाडौं- नेपाल वायु सेवा निगम व्यवस्थापनको लापरबाहीका कारण बजार हिस्सा निरन्तर ओरालो लागेको छ। सन् २०२० मा २५ प्रतिशत बजार हिस्सा पुर्‍याएको निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीको नियुक्तिसँगै दुई वर्षमा बजार हिस्सामा १०.५६ प्रतिशतले गिरावाट आएको छ।

images
images
images

सन् २०२३ को ११ महिनमा कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेपाल एयरलाइन्सको बजार हिस्सा १४.५६ प्रतिशतमा झरेको छ। यता निगम व्यवस्थापन भने कोरोना कालको आम्दानीसँग जोडेर आम्दानी बढेको प्रचार गरिरहेको छ।

images

कोरोना कालको आम्दानीलाई जोडेर आम्दानी बढेको प्रचार गरेको भन्दै पूर्व पर्यटनमन्त्री योगेश कुमार भट्टराईले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको एभिएन मिट २०२३ मा निगम व्यवस्थापनले झुट्टो प्रचार गरेको बताएका थिए।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार निगमको सन् २०२३ को ११ महिनामा बजार हिस्सा १४.४३ प्रतिशतमा झरेको छ। यो हिस्सा डिसेम्बरमा अझै घट्ने छ। डिसेम्बर महिनाभरि निगमको एउटा न्यारोबडी ३२० विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ। जसको कारण निमगको बजार हिस्सा अझै घट्ने छ।

images

विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४१ लाख १७ हजार ९ सय ९१ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। जसमध्ये नेपाल एयरलाइन्सको सेवा लिन यात्रुको संख्या ५ लाख ९४ हजार ४ सय ५३ रहेको छ।

images
images

यो कुल यात्रुको १४.४३ प्रतिशत हो। यसअघि सन् २०२२ मा निगमको बजार हिस्सा १६.५६ प्रतिशतमा झरेको थियो। व्यवस्थापनको लापरबाहीकै कारण बजार हिस्सा क्रमश: ओरालो लागेको हो। सन् २०२३ मा निगमको २ वटा न्यारोबडी जहाजमध्ये कुनै पनि दिन २ वटै उडानमा आउन सकेको थिएन। सन् २०२० मा निगमको बजार हिस्सा सबैभन्दा बढी २५ प्रतिशत पुगेको थियो।

सन् २०१७ देखि निगमको बजार हिस्सा निरन्तर बढेको थियो। सन् २०१७ मा निगमको बजार हिस्सा १० प्रतिशत थियो। १० प्रतिशतको बजार हिस्सा २०१८ मा १ प्रतिशतले बढेर ११ प्रतिशत भएको थियो। २०१९ मा एकैपटकमा ७ प्रतिशतले बजार हिस्सा बढेर १८ प्रतिशत भएको थियो भने २०२० मा पनि ७ प्रतिशतले नै बढेर निगमको बजार हिस्सा २५ प्रतिशत पुगेको थियो।

सन् २०२१ मा कोरोनाका कारण निगमको बजार हिस्सा ५ प्रतिशतले घटेको थियो। २०२२ मा भने निगम व्यवस्थापन तथा अध्यक्ष अधिकारीको लापरबाहीका कारण बजार हिस्सा घटेर १६.५६ प्रतिशतमा झरेको थियो। त्यसमा पनि सन् २०२३ मा बजार हिस्सा फेरि घटेको हो।

२०२२ का निगमको दुईवटा न्यारोबडी जहाज ५ सय दिनभन्दा बढी ग्राउन्डेड भएका थिए। २०२१ को डिसेम्बरमा बिग्रिएको एउटा न्यारोबडी २०२२ को मार्चबाट मात्रै उडान भएको थियो भने २०२० को जुलाई मा बिग्रिएको अर्को न्यारोबडी जहाज सेप्टेम्बरमा मात्रै उडेका थिए।

जहाजको इन्जिन मर्मतमा लापरबाही हुँदा २०२२ मा कुनै पनि दिन दुईवटा न्यरोबडी जहाज पूर्णरुपमा उडान हुन सकेको थिएन। एउटा उडान भए अर्को ग्राउन्डेड हुने क्रम निरन्तर थियो। त्यसबाहेक पनि निमगका अन्तर्राष्ट्रिय उडानमा प्रयोग भएका दुईवटा वाइडबडी जहाज पनि निगम व्यवस्थापनले पूर्णरुपमा उडान गर्न नसक्दा बजार हिस्सा गुमाएको हो। कमिसनको लोभकै कारण समयमा जहाज मर्मत नहुँदा ग्राउन्डेड समय बढेको र बजार हिस्सा गुमाएको निगमका एक कर्मचारीले बताए।

समयमै उड्दैनन् निगमका जहाज

निगम आफैले सार्वजनिक गरेको रिपोर्टका आधारमा निगमका जहाज कुनै पनि दिन समयमा नउडेको देखिन्छ। गत आर्थिक वर्ष २०७९/८० मा निगमको जहाज कुनै पनि महिना तोकिएको समयमा उडान भएको देखिँदैन। एक महिनामात्रै ६८ प्रतिशत जहाजले मात्रै तोकिएको समयमा उडान भरेको रिपोर्टमा उल्लेख छ। गत आवको भदौमा त निगमको जहाज ४० प्रतिशतमात्रै तोकिएको समयमा उडान भएको छ।

निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार साउनमा ५८ प्रतिशत उडान समयमा भएको थियो भने असोजमा ६१ प्रतिशतमात्रै उडान भएको देखाएको छ। यसैगरी कात्तिकमा ६०, मंसिरमा ५४, पुसमा ५३, माघमा ६८, फागुनमा ५९, चैतमा ५३, बैशाखमा ४४, जेठमा ४४ र असारमा जम्मा ५४ प्रतिशत उडानमात्रै समयमा उडेका छन्। समयमा जहाज नउडे पनि विश्वसनियता भने सतप्रतिशत नै रहेको निगमको दाबी छ।

सन् २०२३ को ११ महिनामा २८ हजार ५ सय ८८ उडान तथा अवतरण

विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय हुँदै ४१ लाख १७ हजार ९ सय ९१ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। जसमा नेपालबाट विश्वका विभिन्न देश पुग्ने यात्रुको संख्या २१ लाख ६३ हजार ९ सय ६२ रहेको छ भने नेपाल प्रवेश गर्ने यात्रुको संख्या १९ लाख ३४ हजार ६ सय १५ रहेको छ।

११ महिनामा कुल २८ हजार ५ सय ८८ वटा उडान तथा अवतरण भएको छ। जसमा १४ हजार २ सय ९३ वटा उडान तथा १४ हजा। २ सय ९५ वटा अवतरण भएको छ। तथ्यांकअनुसार नेपाल एयरलाइन्सलाई कतार एयरवेजले पछ्याइरहेको छ।

११ महिनामा नेपाल एयरलाइन्सले ५ लाख ९४ हजार ४ सय ५३ र कतार एयरवेजले ५ लाख ७१ हजार ८ सय ९२ यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। यसैगरी हिमालय एयरलाइन्सले ४ लाख १९ हजार ४९ जना र इन्डिगो एयरले ४ लाख ७ हजार १ सय ८४ जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। यसैगरी फ्लाई दुबईले ३ लाख ३९ हजार ५ सय ४७ जना र एयर इन्डियाले ३ लाख २१ हजार २ सय ३७ जनालाई हवाई सेवा दिएको छ।

images

प्रकाशित : शनिबार, पुस १४ २०८००३:४१

प्रतिक्रिया दिनुहोस