शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

चिनियाँ जहाज : न प्रशिक्षक न क्याप्टेन, कमिसनकाे लाेभमा उडानकाे तयारी

पाइलट, को-पाइलट व्यवस्थापनमै ३ करोड खर्च हुने

images
images
images
चिनियाँ जहाज : न प्रशिक्षक न क्याप्टेन, कमिसनकाे लाेभमा उडानकाे तयारी
images
images

काठमाडौं- नेपाल वायु सेवा निगमले १७ महिनादेखि उडान बन्द गरेको चिनियाँ जहाज उडान गर्ने भन्दै प्रचारबाजी सुरु गरेको छ।

images
images
images

७ वर्षमा १० अर्ब नोक्सानी भएको र उडान गर्दा न त यात्रुलाई न त निगमलाई नै फाइदा हुने अवस्था देखेपछि २०७७ सााउनदेखि  चिनियाँ वाई-१२ र एमए-६० जहाज उडान बन्द गर्ने निर्णय गरेको थियो।

images

निगम सञ्चालन समितिले गरेको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अर्थले सहमति दिएको थियो। उडान बन्द भएको जहाजको विषयमा अर्थले पनि सकेसम्म भाडामा लगाउनु र भाडामा लगाउन नसकेको अवस्थामा जहाज बिक्री गर्नु भनी सहमति दिएको थियो।

images

सोहीअनुसार निगमले जहाज भाडामा लगाउने गरी काम गरिरहेको थियो। तर केही समयअघि कार्यकारी अध्यक्ष भएर आएका युवराज अधिकारी र पर्यटनमन्त्री प्रेम आलेले यसअघिको सबै निर्णय लत्याउँदै जहाज उडान गर्ने तयारी सुरु गरेका छन्।

images
images

बिजनेस न्युजले अघिल्लो अंकमा १० अर्ब रुपैयाँ डुबाउने जहाज मर्मतमा १७ करोड खर्च गर्दै भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो। यो अंकमा चिनियाँ जहाज उडानका लागि आवश्यक प्रशिक्षक पाइलट, पाइलट र को-पाइलट र उनीहरुका लागि गर्नुपर्ने खर्चको विषयमा चर्चा गर्दै छौँ।

निगमसँग ६ वटा चिनियाँ जहाज छन्। जसमा ४ वटा वाई-१२ र २ वटा एमए-६० जहाज छन्। ४ वटा वाई-१२ जहाजमध्ये एउटा वाई-१२ जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएपछि उडान गर्न नमिल्ने अवस्थामा पुगको छ। 

बाँकी ३ वटा वाई-१२ जहाज र २ वटा एमए-६० जहाज बाँकी छन्। एउटा वाई-१२ र एउटा एमए-६० थोरै खर्चमा मर्मत गरेर उडान गर्न सकिने अवस्थामा छ। एउटा वाई-१२ जहाज त मर्मत नै गर्न नसक्ने गरी थन्किएको छ। बाँकी एक वाई-१२ र एक एमए-६० जहाजको मर्मतमा पनि ठूलो खर्च हुन्छ।

५ वटै जहाज मर्मतयोग्य बनाएको अवस्थामा पनि उडानमा अर्को सबैभन्दा ठूलो चुनौती जहाज कमान्ड गर्ने पाइलट (क्याप्टेन), प्रशिक्षक पाइलटको अभाव छ। ३ वटा वाई-१२ र २ वटा एमए-६० जहाज उडानमा ल्याउने हो भने न्यूनतम १३ जना क्याप्टेन चाहिन्छ। ७ जना वाई-१२ मा र ६ जना एमए-६० का लागि।

अहिले यी जहाज उडाउनका लागि नेपाल एयरलाइन्ससँँग एक जना पनि पाइलट छैनन्। पाइलट केबी लिम्बु वाई-१२ को पाइलट भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले लगाएको केही प्रतिबन्धका कारण उनले पूर्ण रुपमा क्याप्टेनको भूमिकामा रहन सक्दैन। 

सोही कारण वाई-१२ उडानमा ५ जना को-पाइलट र एमए-६० मा ५ जना को-पाइलट रहेका छन्। यी सबै जनाको टाइपरेटिङ लाइसेसन्स छ। उडानका लागि सबै आवश्यक तालिम तथा प्रमाणपत्र पुनः नवीकरण गर्नु पर्ने छ। कतिपय प्रमाण पत्र नवीकरणका लागि विदेशमा समेत तालिम लिन जानु पर्ने छ। वाई-१२ उडानमा रहेका ५ जना को-पाइलटलाई पुन: उडानयोग्य बनाउनका लागि प्रतिव्यक्ति न्यूनतम ४ लाखदेखि ५ लाख रुपैयाँ खर्च गर्नु पर्ने छ।

यही हिसाबमा २५ लाख रुपैयाँसम्म खर्च हुन्छ। यसैगरी एमए-६० मा रहेका ५ जना कोपाइलटलाई पनि उडान योग्य बनाउन प्रक्तिव्क्ति न्यूनतम ८ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म खर्च गर्नु पर्छ। सोही हिसाबमा यसका लागि ५० लाख रुपैयाँ सम्म खर्च हुन्छ। तर यसबाहेक पनि केही कोपाइलट थप भने गर्नु पर्छ।  

कोपाइलट पछि अब पाइलटको विषयमा कुरा गरौँ,

निगमसँग अहिले एक जना पनि वाई-१२ र एमए-६० का प्रशिक्षक पाइलट छैनन्। वाई-१२ का प्रशिक्षक पाइलट फिजियोनाथ नेपाली ६५ वर्ष उमेर पूरा गरी निगमबाट अवकाश लिइसकेका छन्। अर्को एमए-६० का प्रशिक्षक पाइलट गोपाल सिंह विष्टलाई पनि एयरबसमा तालिममा गइसकेका छन्।

अब नयाँ आइपी पाइलट बनाउकै लागि पनि निगमले थप खर्च गर्नु पर्ने छ। त्यो पनि सहज भने छैन। आइपी तथा क्याप्टेन विदेशबाट ल्याउँदासमेत तलब बढी दिनु पर्छ। मासिक १० देखि १५ लाख रुपैयाँसम्म एउटै पाइलटमा खर्च गर्नु पर्ने हुन्छ।

प्रशिक्षक पाइलट, पाइलट र काे-पाइलटलाई उडान याेग्य बनाउन कति समय लाग्छ?

३ वटा वाई-१२ र२ वटा एमए-६० जहाज उडानका लागि १३ जना क्याप्टेन आवश्यक पर्छ। एक त पाइलट पाउन असम्भव छ। एक जना पाइलट बनाउनका लागि सरदर १० लाख रुपैयाँसम्म खर्च लाग्छ। १३ जना पाइलट बनाउनकै लागि सवा १ करोड रुपैयाँसम्म खर्च हुन्छ। क्याप्टेन र को-पाइलट भएर मात्रै पनि जहाज उडान गर्न पाइँदैन। यसका लागि आइपी पाइलट चाहिन्छ।

सबैभन्दा पहिले चिनियाँ जहाज उडानका लागि आवश्यक प्रशिक्षक पाइलट, पाइलट र काे पाइलटकाे तालिम लिन ठाउँ संसारमा एक ठाउँ मात्रै छ। चिनकाे सिएनबाहेक काहिँ छैन। त्यहाँ जान पनि चाइनिज खाेप लगाएकाे हुनु पर्छ।

निगमका अधिकांश उडान कर्मचारीले भारतीय काेभिसिल्ड खाेप लगाएका छन। अब चाइनिज खाेप नै लगाएर जाने हाे भने पनि निर्णय भएकाे ४ हप्ता नेपालमै खाेप प्रक्रिया पूरा गर्नु पर्छ।

खाेप लगाएर जाँदा पनि २१ दिन क्वारेन्टाइन बस्नु पर्छ। त्यसपछि पनि ४०देखि ४५ दिनकाे समय तालिम हुन्छ। त्यसपछि आएर पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनु पर्छ। याे सबै प्रक्रिया पूरा गर्न पनि ४ महिनाकाे समय लाग्छ।

विगतकाे तिताे अनुभव

विदेशबाट पनि चिनियाँ जहाज उडानका लागि पाइलट नपाएको विगतको तीतो अनुभव निगम आफैलाई थाह छ। निगमले पाइलट व्यवस्थापनमा नै दुई करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ। निगम पूर्वमहाप्रबन्धक सुगतरत्न कंसारकारले वाई-१२ जहाज उडान गर्नका लागि क्याप्टेन खोजीमा बढी समय खर्च गरेका थिए।

उनले श्रीलंकाबाट ल्याएका एक क्याप्टेनले त नेपालमा उडान गर्न नसक्ने भन्दै बाहिरिएका थिए।

किन उडाउन उडाउन खाेजिदैँछ चिनियाँ जहाज ?

यसबाट पनि के पुष्टी हुन्छ भने चिनियाँ जहाज उडान गर्छु भने एक/दुई जना पाइलट बनाउने र सातामा  केही न्यून संख्यामाा उडान गर्दै प्रचार गर्ने खेल हो।

जहाज उडान  गर्नुभन्दा व्यवस्थापन नै उचित विकल्प हो। अहिले जहाज उडान गर्न खोज्नुको पछाडि एउटा कारण नयाँ आएपछि केही प्रचारमुखी काम गर्नु पर्छ भन्ने पुरानो मानसिकता हो।

अर्को, आफू आउनुभन्दा पहिलेको व्यवस्थापनले गरेको निर्णय गलत थियो भन्ने देखाउन हो। तेस्रो चाहिँ आवश्यक सामान खरिदमा आउने कमिसन हो। चौथो कार्यकर्ता भर्ती गर्ने र अर्को विदेशबाट विदेशी पाइलट ल्याउँदा पाइने कमिसनको खेल हो।

(यो समाचार नेपाल एयरलाइन्समा लामो समय वाई-१२ जहाज उडान गरेका पाइलट, एमए-६० जहाज र जहाज मर्मतमा लामो समय काम गरेका इन्जिनियरिङ विभागका कर्मचारीसँग गरेको कुराकानीको निचोड हो)

images

प्रकाशित : बुधबार, मंसिर १५ २०७८०२:१९
  • सम्बन्धित विषय:

  • # अर्बौं डुबाउने चिनियाँ जहाज


  • प्रतिक्रिया दिनुहोस