शुक्रबार, असोज ४ गते २०८१    
images
images

'एक साताभित्रै रेल सञ्चालनसम्बन्धी कानून ल्याइँदै'

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १४ २०७८
images
images
'एक साताभित्रै रेल सञ्चालनसम्बन्धी कानून ल्याइँदै'

'रेल सञ्चालनका लागि आवश्यक कानूनका लागि सरकारले अध्यादेश तयार पारि सकेको छ'

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले एक साताभित्रमै रेल सञ्चालनसम्बन्धी आवश्यक कानून ल्याउने तयारी भइरहेको बताएकी छिन्।

images
images
images

धनुषाको कुर्थादेखि जनकपुरधाम हुँदै भारतको जयनगरसम्म रेल सञ्चालनका लागि तयार पारिएको भौतिक संरचनाको मंगलबार निरीक्षण गर्दै मन्त्री यादवले कानूनको अभावमा रेल सञ्चालन हुन नसकेकाले आवश्यक कानून ल्याउन सरकारले काम अघि बढाइसकेको बताइन्। 

'रेल सञ्चालनका लागि आवश्यक कानूनका लागि सरकारले अध्यादेश तयार पारि सकेको छ', मन्त्री यादवले भनिन्, 'अध्यादेश ल्याउनका लागि कागजात तयार भइसकेको र कागजातमा दस्तखत गर्न मात्र बाँकी छ।'

कागजातमा हस्ताक्षर भएपछि अध्यादेशमार्फत कानून ल्याइने उनको भनाइ थियो। रेल सञ्चालका लागि आवश्यक कानून, कर्मचारीको व्यवस्थापन र बजेटको निर्धारण भएपछि भारत तथा नेपालका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट भए पनि संयुक्तरुपमा रेलको उद्घाटन गर्ने उनले जानकारी दिइन्। मन्त्री यादवले रेल सञ्चालन नहुँदा निरासा बढेकाले छिट्टै रेल सञ्चालन गर्न अध्यादेश ल्याउन लागिएको बताइन्।

images

सो अवसरमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका सन्दर्भमा अहिलेसम्म भएको प्रगतिका बारेमा मन्त्री यादवलाई जानकारी गराए।  

निरीक्षणका क्रममा मन्त्री यादवसँगै रेल विभागका महानिर्देशक दीपक भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहलगायतको सहभागिता थियो। रासस


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८१२:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend