शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ : अर्थमन्त्री

images
शुक्रबार, पुस १३ २०८०
images
६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ : अर्थमन्त्री
images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन्।

images
images
images

भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री महतले पर्यटक आगमन, विप्रेषण, सेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताए।

images
images

उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक सङ्केत मिलेको स्पष्ट पारे। मन्त्री महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गरे। 

images
images

समाजका अध्यक्ष डा नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालयको भवनका लागि जग्गा नभएको र समाजकल्याण परिषद्ले व्यापारिक पसल सरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री महतलाई अवगत गराए। 

कार्यक्रममा समाजका अगुवा महेश अग्रवाल र तीर्थराज वन्तलाई सम्मान गरिएको थियो। विसं २०६० असोज ८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो पुस्तकालयमा वार्षिक ३० हजारभन्दा बढी पाठक आउने गरेका छन्।

यसका दुई हजार चार सय वार्षिक सदस्य रहेका छन्। समाजले २०६२ सालदेखि पुस्तकालय सञ्चालन गरेको हो। पुस्तकालयमा हालसम्म ३७ हजार छ सय १४ पुस्तक उपहारस्वरुप प्राप्त भएका छन् भने चार हजार तीन सय ५१ पुस्तक खरिद गरिएका समाजले जनाएको छ।


प्रकाशित : शुक्रबार, पुस १३ २०८०१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend