शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एउटै नीतिले देश अघि बढ्दैन - गभर्नर अधिकारी

शुक्रबार, पुस १३ २०८०
एउटै नीतिले देश अघि बढ्दैन - गभर्नर अधिकारी

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको समग्र आर्थिक विकासका लागि एउटा नीतिकै कार्यान्वयन पर्याप्त नहुने बताएका छन्। 

सर्वांगिण विकास अध्ययन संस्था आईआईडीएसले आयोजना गरेको पोलिसी कन्क्लेभ २०२३ मा बोल्दै अधिकारीले सबै नीतिको एकसाथ प्रभावकारी कार्यान्वयन भएमात्र परिणाम आउने बताए। 

कुनै एउटामात्र नीतिको भर पर्दा त्यसको परिणाम सुखद नहुने उनको भनाइ छ। 

'कतिपयलाई वित्त नीतिमात्र सबथोक हो कि भन्ने लाग्छ। कतिपयलाई मौद्रिक नीतिमात्र हो कि भन्ने लाग्छ। तर यस्तो होइन। सबै नीति एकसाथ र उत्तिकै प्रभावकारी कार्यान्वयन हुनुपर्छ' उनले भने।

नीतिगत समाञ्जस्यताका लागि सुशासन अनिवार्य रहेको उनको भनाइ छ।


प्रकाशित : शुक्रबार, पुस १३ २०८०१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend