शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एउटै नीतिले देश अघि बढ्दैन - गभर्नर अधिकारी

images
शुक्रबार, पुस १३ २०८०
images
एउटै नीतिले देश अघि बढ्दैन - गभर्नर अधिकारी
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको समग्र आर्थिक विकासका लागि एउटा नीतिकै कार्यान्वयन पर्याप्त नहुने बताएका छन्। 

images
images
images

सर्वांगिण विकास अध्ययन संस्था आईआईडीएसले आयोजना गरेको पोलिसी कन्क्लेभ २०२३ मा बोल्दै अधिकारीले सबै नीतिको एकसाथ प्रभावकारी कार्यान्वयन भएमात्र परिणाम आउने बताए। 

images
images

कुनै एउटामात्र नीतिको भर पर्दा त्यसको परिणाम सुखद नहुने उनको भनाइ छ। 

images
images

'कतिपयलाई वित्त नीतिमात्र सबथोक हो कि भन्ने लाग्छ। कतिपयलाई मौद्रिक नीतिमात्र हो कि भन्ने लाग्छ। तर यस्तो होइन। सबै नीति एकसाथ र उत्तिकै प्रभावकारी कार्यान्वयन हुनुपर्छ' उनले भने।

नीतिगत समाञ्जस्यताका लागि सुशासन अनिवार्य रहेको उनको भनाइ छ।


प्रकाशित : शुक्रबार, पुस १३ २०८०१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend