शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नबिल बैंकको साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित

बिहीबार , पुस १२ २०८०
नबिल बैंकको साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित

बैंकको ३९औँ साधारणसभाले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।

काठमाडाै- नबिल बैंकको साधारणसभाले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा गरेको ६ अर्ब ४० करोड नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो। बैंकको ३९औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांशको प्रस्ताव पारित गरेको हो।

बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले स्थापनाकालको चुक्ता पुँजी हालसम्म आउँदा ९ सय ६० गुणाले बढेको बताए। विगतमा बाँडिएको नगद लाभांश तथा बजार पुँजीकरण तथा सम्पत्तिमा भएको अभिवृद्धिअनुसार बैंकको चुक्ता पुँजीमा यति ठूलो मात्रामा वृद्धि भएको उनको भनाइ छ। बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई पनि उच्च प्राथमिकतामा राखेको उनले बताए।

बैंकले सामाजिक उद्यमशीलता विकासका लागि 'नबिल सामाजिक उद्यमशीलता' कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यस कार्यक्रमअन्तर्गत हालसम्म तीन सय ३५ विद्यार्थीहरु सहभागी भएको र यस कार्यक्रमबाट ५२ वटा उद्यम जन्मिएको र आठ सय ७२ जनाले रोजगारी पाएको पनि बैंकले जनाएको छ।

बैंकले देशभर दुई सय ६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर तथा तीन सय १३ एटीएम मेसिनबाट बैंकिङ सेवा दिँदै आएको जानकारी दिएको छ।  

 


प्रकाशित : बिहीबार , पुस १२ २०८०१७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend