शुक्रबार, असोज ४ गते २०८१    
images
images

जिप र मोटरसाइकलसँग तर्सिएर ३१ भेडाबाख्रा नदीमा खसे, दर्जन बढी मरे

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १४ २०७८
images
images
जिप र मोटरसाइकलसँग तर्सिएर ३१ भेडाबाख्रा नदीमा खसे, दर्जन बढी मरे

सदरमुकाम चामे गाउँपालिका-१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन्।

images
images

मनाङ- सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा ३१ वटा भेडाबाख्रा नदीमा खसेका छन्। जहाँ दर्जन बढी भेडाबाख्रा मरेका छन्। 

images
images
images

हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका-३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मर्स्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन्।  

भेडीगोठबाट बेँसी झर्ने क्रममा गत मङ्गलबार खोत्रो आइपुगेको र चामेतर्फबाट आएको जीप र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडाबाख्रा भीरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए। 

सदरमुकाम चामे गाउँपालिका-१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन्।

images

प्रमुख कुसुमका अनुसार भीरबाट ३१ भेडाबाख्रा खसेकोमा दुईवटा बाख्रा र नौवटा भेडा घटनास्थलमै मरेका छन्। मर्ने भेडाबाख्राको संख्या दर्जन बढी रहेको उनले बताए।

सडक छेउमै रहेको भीरबाट करिब १५ मिटर तल खस्दा भेडा बाख्रा मरेका उनले बताए। खबर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका टोली घटनास्थल पुगेर अनुगमन समेत गरेका थिए। स्थलगत अनुगमनको क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडा बाख्राको उपचार समेत गरिएको कार्यालय प्रमुख कुसुमले बताए। 

मरेका भेडाको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले बताए। आकस्मिक रुपमा पशुपालक किसानलाई क्षति पुगेकाले क्षतिपूर्ति दिने र किसानलाई व्यवसाय पुनःस्थापना कार्यक्रमबाट सम्बोधन हुनेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ। 

व्यावसायिक भेडाबाख्रापालन हुँदै आएको सिद्धार्थ भेडा फार्ममा हाल पाँच सय भेडाबाख्रा छन्। गर्मी मौसममा समुद्री सतहबाट तीन हजार मिटरमाथि उचाइमा पुग्ने मनाङका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्ने गरिन्छ। किसानले भेडीगोठबाट भेडाबाख्रालाई लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन्। रासस


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८११:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend