बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
डेडिकेटेड र ट्रंकलाइन विवाद

कुलमानले भने - माथिल्लो निकायबाट निकास नदिएसम्म बक्यौता उठाउने निर्णयबाट पछि हट्दैनौँ

बिहीबार , पुस १२ २०८०
कुलमानले भने - माथिल्लो निकायबाट निकास नदिएसम्म बक्यौता उठाउने निर्णयबाट पछि हट्दैनौँ

बक्यौता उठाउने निर्णयमा उद्योगीहरूले पनि प्राधिकरणको टाउकोबाट मात्र समाधान खोज्न नहुने बताउँदै घिसिङले आफूहरूमात्र पछि हट्न नसक्ने बताए।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने उद्योगहरूले तिर्न बाँकी रहेको रकम उठाउने निर्णयबाट पछि नहट्ने बताएका छन्। 

सबै सरकारी निकायहरूसहित अदालतले पनि बाँकी रकम उठाउनुपर्छ भन्ने निर्णय गरेकाले माथिल्लो निकायबाट अर्को निर्णय नहुँदासम्म आफूहरू बक्यौता रहेका उद्योगको विद्युत लाइन काट्न बाध्य भएको बताएका छन्। विद‍्युत प्राधिकरणले मात्र माथिबाट आएका सबै निर्णय धान्न नसक्ने बताउँदै उनले बक्यौता उठाउने काममा लागिरहने बताए।

बक्यौता उठाउने निर्णयमा उद्योगीहरूले पनि प्राधिकरणको टाउकोबाट मात्र समाधान खोज्न नहुने बताउँदै घिसिङले आफूहरूमात्र पछि हट्न नसक्ने बताए। 'कि त मन्त्रिपरिषद्‍ वा अन्‍य निकायबाट बक्यौता नउठाऊ भन्नुपर्‍यो, होइन भने हामीले बिलिङ गरेको सम्पूर्ण रकम लिने हो, होइन भने अन्य निकायबाट निर्णय गेर बाटो खोल्नुपर्छ' उनले भने। 

सधैँ एउटै विषयमा अल्झेर बस्न नहुने र निकास निकाल्नुपर्ने भन्दै उनले भने, 'हामीले पटकप६क सहजता दिनका लागि प्रयास गरेको हो तर सफल भएन। ताकेता गरेर किस्ताबापत पनि तिर्न व्यवस्था गरेको पनि हो तर पनि तिरिएन। अब यसमा समाधान गरेर आउनुपर्‍यो, प्राधिकरणमात्र चुप लागेर बस्न सक्ने अवस्था छैन।'

प्राधिकरणले भन्यो - ६१ उद्योगले २२ अर्ब २४ करोड तिर्न बाँकी छ, नतिरे सबैको लाइन काटिन्छ प्राधिकरणले भन्यो - ६१ उद्योगले २२ अर्ब २४ करोड तिर्न बाँकी छ, नतिरे सबैको लाइन काटिन्छ


प्रकाशित : बिहीबार , पुस १२ २०८०१५:१३
  • सम्बन्धित विषय:

  • # डेडिकेटेड र ट्रंकलाइन विवाद


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend