शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

गएका दुई साता उचालिएको सेयर बजारमा यो साता तीन कारोबार नै घट्यो

बिहीबार , पुस १२ २०८०
गएका दुई साता उचालिएको सेयर बजारमा यो साता तीन कारोबार नै घट्यो

काठमाडौं- लगातार बढिरहेको सेयर बजार यो साता भने कारोबार भएको तीन दिन नै घटेको छ। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उचालिएको बजार अहिले थामिएको हो। लगातार बढेर गएको साता अन्तिम कारोबारमा केही करेक्सन देखिएको सेयर बजार यो साताको तीन कारोबारमा घटेको हो। 

गएको साता अन्तिम कारोबारमा बिहीबार बजार ३२.७७ अंकले घटेको थियो। यो साता आइतबार २१.०३ अंकले घटेको बजार बुधबार पनि १७.२३ अंकले घटेको थियो।

साताको अन्तिम कारोबारमा बिहीबार १.९३ अंकले घटेर बजार २०६८.९० बिन्दुमा झरेको छ। १०३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। १३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

निरन्तर उचाइतर्फ गइरहेको सेयर बजार गएको साताको अन्तिम कारोबारमा थामिएको थियो। नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। अहिले वृद्धि थामिए पनि बजारले उचाइतर्फकै यात्रा गर्ने आधारहरू देखिएको विश्लेषकहरू बताउँछन्।

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको थियो।

अहिले उचालिएको बजारमा वृद्धि थामिएको भए पनि अवस्था उचाइतर्फ लाग्ने नै भएको विश्लेषकहरू बताउँछन्। यसमा लगानीकर्ताको मनोविज्ञान सकारात्मक नै रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , पुस १२ २०८०१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend