शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने

बिहीबार , पुस १२ २०८०
नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टाभित्रै ऋण पाइने

यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ। तत्कालका लागि उपत्यकासहित नेपालभर ८ वटा शाखाबाट यो सेवा पाइने छ।

काठमाडौं- नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखेर ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ।आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घण्टाभित्र पाउने गरी बैंकले यो ऋण योजना ल्याएको हो।

यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ। आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ।

त्यस्तै सुनको लागि निःशुल्क बीमाको व्यवस्था पनि गरिएको छ। ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याइएको बैंकले जनाएको छ।

नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ। जसमा उपत्यकाभित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी  र सूर्यविनायक शाखाबाट लिन सकिन्छ। उपत्यका बाहिरका ग्राहकका लागि धरान-महेन्द्रपथ, बुटवल-चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुंगाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।

नबिलले देशभर २ सय ६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : बिहीबार , पुस १२ २०८०११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend