शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा थामियो लगातारको वृद्धि, पछिल्ला तीन कारोबार घट्यो

घटेको बजारमा बुधबारको कारोबार रकम ५ अर्बमाथि

images
बुधबार, पुस ११ २०८०
images
सेयर बजारमा थामियो लगातारको वृद्धि, पछिल्ला तीन कारोबार घट्यो
images
images

काठमाडौं- लगातार बढिरहेको सेयर बजार पछिल्ला तीन कारोबारमा भने घटेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उचालिएको बजार अहिले थामिएको हो। लगातार बढेर गएको साता अन्तिम कारोबारमा केही करेक्सन देखिएको सेयर बजार यो साताको दुई कारोबारमा घटेको हो। 

images
images
images

गएको साता अन्तिम कारोबारमा बिहीबार बजार ३२.७७ अंकले घटेको थियो। यो साता आइतबार २१.०३ अंकले घटेको बजार बुधबार पनि १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा झरेको छ।

images
images

बुधबार ८३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

निरन्तर उचाइतर्फ गइरहेको सेयर बजार गएको साताको अन्तिम कारोबारमा थामिएको थियो। नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। अहिले वृद्धि थामिए पनि बजारले उचाइतर्फकै यात्रा गर्ने आधारहरू देखिएको विश्लेषकहरू बताउँछन्।

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको थियो।

अहिले उचालिएको बजारमा वृद्धि थामिएको भए पनि अवस्था उचाइतर्फ लाग्ने नै भएको विश्लेषकहरू बताउँछन्। यसमा लगानीकर्ताको मनोविज्ञान सकारात्मक नै रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, पुस ११ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend