शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अब पीपीपी मोडल

images
images
images
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अब पीपीपी मोडल
images
images

काठमाडौं- सरकारले अब विमानस्थल सञ्चालनका लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अपनाउने भएको छ। सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरी कार्यसमेत अगाडि बढाएको छ।

images
images
images

प्राधिकरणले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा एउटै प्याकेज बनाएर भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरी प्रक्रिया अगाडि बढाएको हो।

images

नयाँ विमानस्थल सञ्चालन गरेर खर्च धान्नै समस्या पर्ने तथा व्यवस्थापनमा कर्मचारीको लापरबाही झनै बढ्दै गएपछि प्राधिकरणले सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिनेगरी काम अगाडि बढाएको हो।

images

‘अहिलेको यहि संरचनाले विमानस्थल सुधार हुने देखिएन, अब अन्तर्राष्ट्रिय मोडलमा नेपालका विमानस्थल सञ्चालनमा लैजाने तयारी हो,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने।

images
images

संसारभर नै नयाँ प्रविधि आएको बताउँदै त्यसका लागि सरकारले अब व्यावसायिक रुपमा चलाएर बस्नेभन्दा पनि पीपीपी मोडलमा जानुपर्ने निष्कर्ष निकालेको समेत अधिकारी बताउँछन्। प्राधिकरणले भारतमा जीएमआरले सञ्चालन गरेको मोडालिटीअनुसार नै नेपालमा पनि जाने तयारी गरेको छ। भारतमा जीएमआर कम्पनीले विमानस्थल सञ्चालन गर्दै आएको छ।

संसारभर धेरै स्थानमा अहिले पीपीपी मोडलमा विमानस्थल सञ्चालन हुने गरेको छ। सोहीअनुसार नेपाल सरकारले पनि प्राधिकरणलाई प्रक्रिया अगाडि बढाउन सहमति दिइसकेको छ।

अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर गराएर ख्यातिप्राप्त कम्पनी ल्याउने गरी काम सुरु भएको छ। सरकारले नेपाललाई अधिकतम फाइदा हुनेगरी मात्रै सञ्चालनको जिम्मामा निजी क्षेत्र ल्याउन प्राधिकरणलाई आग्रह गरेको छ। 

राज्यको अर्बौं लगानी भएकाले सञ्चालन गरेर नाफामा लैजाने र अन्तर्राष्ट्रियस्तरमा मार्केटिङ गर्नका लागि निजी क्षेत्र नै आवश्यक रहेको निष्कर्ष प्राधिकरणले निकालेको हो। 

यसअघि पनि प्राधिकरणले भैरहवा विमानस्थल सञ्चालनका लागि जीटूजी मोडलमा अन्तर्राष्ट्रिय कम्पनीलाई दिने तयारी गरेको थियो। तर पछि आएर प्राधिकरण नेतृत्वले त्यसबाट हात झिकेको थियो। अहिले पुनः प्राधिकरणले दुईवटै विमानस्थल निजी क्षेत्रलाई दिनेगरी काम अगाडि बढाउन लागेको हो।

२०७१ मा सुरु भएको भैरहवा विमानस्थल निर्माण २०७४ मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पुनस् २०७७ भित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना २०७८ मात्रै सञ्चालनमा ल्याइएको हो।

तत्कालीन प्रधानमन्त्री सुशील कोराइलाले २०७१ माघ १ गते शिलान्यास गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आठ वर्षपछि निर्माण भएको थियो। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। पोखरा विमानस्थलको काम पनि सम्पन्न भएर केही अन्तर्राष्ट्रिय उडानसमेत भइसकेको छ। 

लगानी मात्रै हुने तर प्रतिफल लिन नपाउने स्थिति बन्ने आँकलनसहित अहिले प्राधिकरणले नयाँ ढंगले अघि बढ्ने निष्कर्ष निकालेको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पुनः गभरमेन्ट टू गभरमेन्ट (जीटूजी) मोडलमा जानेगरी सुरु गरेको प्रक्रियाबीचमै रोकिएको थियो। विगतमा जर्मनको म्युनिख विमानस्थलसँग जीटूजी मोडलमा सञ्चालनको जिम्मा दिनेगरी प्रक्रिया अगाडी बढेको भए पनि बीचमै प्रक्रिया रोकिएको थियो। 

जीएमआरले कहाँ कहाँ गरेको छ काम?

जीएमआर समूहले दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल र हैदराबाद अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्व र सञ्चालन गर्दछ। यसबाहेक कम्पनीले उत्तरी गोवाको मोपामा ग्रीनफिल्ड एयरपोर्ट र आन्ध्र प्रदेशको भोगपुरम, विजयनगरममा अन्तर्राष्ट्रिय ग्रीनफिल्ड एयरपोर्ट विकास गरिरहेको छ। यसले उत्तर कर्नाटकको बिदर एयरपोर्टमा सिभिलियन एन्क्लेभको सञ्चालन र मर्मतसम्भारको जिम्मा लिएको छ।

जीएमआरले फिलिपिन्सको मेगावाइड कन्स्ट्रक्सन कर्पोरेशनसँगको साझेदारीमा फिलिपिन्सको दोस्रो ठूलो एयरपोर्ट म्याक्टन सेबु अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र विकास गरिरहेको छ। 

ग्रिसको हेराक्लियोनमा रहेको नयाँ अन्तर्राष्ट्रिय कास्टेली एयरपोर्टको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि जीएमआर समूहलाई ग्रिसको पूर्वाधार कम्पनी टेर्ना एसएको संयुक्त उद्यम साझेदारसँग छनोट गरिएको छ।

images

प्रकाशित : आइतबार, पुस १५ २०८००९:४३

प्रतिक्रिया दिनुहोस