शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

तयार हुँदै छन् हवाई क्षेत्रमा अत्याधुनिक पूर्वाधार, कहाँ कस्तो?

images
images
images
तयार हुँदै छन् हवाई क्षेत्रमा अत्याधुनिक पूर्वाधार, कहाँ कस्तो?
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणलाई तीब्रताको साथ अगाडि बढाएको छ। प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलमा रहेका पुराना टर्मिनल भवनकोसट्टा सुविधासम्पन्न आधुनिक टर्मिनल भवन निर्माणको काम गरिरहेको छ।

images
images
images

प्राधिकरणले टर्मिलन भवनसँगै कालोपत्र नभएका विमानस्थल कालोपत्र गर्ने, रनवे विस्तार, ट्याक्सी वे निर्माण लगायतको काम गरिरहेको छ। यसैगरी प्राधिकरणले केही नयाँ आन्तरिक विमानस्थल निर्माणको कामसमेत थालेको छ।

images

त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिलन भवन निर्माणको कामलाई समेत अगाडि बढाएको छ। अहिले प्राधिकरण एरोड्रोम इन्जिनियरिङ विभागले साढे एक दर्जनभन्दा बढी पूर्वाधार निर्माणको काम गरिरहेको छ।

images

यसैगरी एरोड्रोम इन्जिनियरिङ विभागले पहाडी जिल्लाको विमानस्थलको रनवे न्यूनतम १ हजार मिटर बनाउने गरी अध्ययन गरिरहेको छ। तराईको विमानस्थलमा पनि एयरबस ३२० सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माणमा प्राधिकरण अग्रसर छ।

images
images

कहाँ कस्तो पूर्वाधार?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण सुरु

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा पूर्वाधार निर्माणको काम थालेको छ। आगामी तीनवर्षमा काम सम्पन्न गर्ने गरी आयोजनाले ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण काम सुरू छ। यो काम सम्पन्न भएसँगै विमानस्थलमा सुविधासम्मपन्न ह्याङगर निर्माण हुने छ। जसबाट विमानस्थलको बढ्दो हवाई ट्राफिकको समस्या व्यवस्थापनमा समेत सहयोग पुग्ने प्राधिकरणको दाबी छ। अहिले काम धमाधन भइरहेको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठ बताउँछन्।स

आयोजनाले ट्याक्सी वे निर्माणको जिम्मा गाङ्छू मेकानाइज इन्जिनियरिङले पाएको छ। यो कामका लागि प्राधिकरणले सवा ४ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको हो। यसैगरी ह्याङगर एप्रोनका लागि एभिक केडीएन-सीसीईसीसीले पाएको छ। दुईवटै कम्पनीले निर्माणको काम ३ वर्ष भित्रै सम्पन्न गर्नुपर्ने छ। यो काममा लागि पहिलो पटक २०२० को डिसेम्बरमा टेन्डर भएको थियो। तर टेन्डर पछि विभिन्न प्राविधिक कारणले गर्दा कम्पनी छनोटका काम अन्तिम चरणमा पुगेपछि ठेक्का रद्द भएको थियो।

एकवर्ष अगाडि प्राधिकरणका महानिर्देशको जिम्मेवारीमा आएका इन्जिनियर प्रदीप अधिकारले काम अगाडि बढाउन निर्देशन दिएका थिए। त्यसपछि आयोजनाले पनि लामो समयदेखि रोकिएको काम अगाडि बढाएको थियो।

अब निर्माणको क्रममा कुनै अवरोध नभएको अवस्थामा र निर्माण कम्पनीले समयमा काम गरेको अवस्थामा ३ वर्षभित्रै विमानस्थलमा ८ अर्ब भन्दा बढीको लागतमा ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण हुनेछ। यो काम सम्पन्न भएपछि विमानस्थलको उडान तथा अवतरण क्षमता बढ्ने महानिर्देशक अधिकारी बताउँछन्।

IMG-20231230-WA0015.jpg
नेपालगञ्ज विमानस्थलमा निर्माणाधीन भवन।

नेपालगञ्ज विमानस्थलमा ३ अर्बको लागतमा टर्मिनल भवन

यसैगरी एरोड्रोम इन्जिनियरिङ विभागले  विराटनगर, नेपालगञ्ज, महेन्द्रनगर, रामेछाप विमानस्थलमा पनि भवन निर्माणको काम थालेको छ।

सोही क्रममा प्राधिकरणअन्तर्गतको नेपालगञ्ज विमानस्थलमा तीन अर्ब रूपैयाँको लागतमा नयाँ भवन निर्माणको काम धमाधम भइरहेको छ। अहिले निर्माण कम्पनीले टर्मिनल भवन निर्माणको ३५ प्नतिशत काम सम्पन्न गरिरहेको प्राधिकरण एरोड्रम इन्जिनियरिङ  विभागमा प्रमुख बाबुरा पौडेलले बताए।

टर्मिनल भवन निर्माणको जिम्मा शर्मा एण्ड कम्पनीले पाएको छ। कम्पनीले अहिले टर्मिनल भवन निर्माणका धमाधन भइरहेको छ। विमानस्थल कार्यालयका अनुसार निर्माण कम्पनीले एउटा भवनको फाउन्डेसन निर्माणको काम ८० प्रतिशत गरिसकेको र २ वटाको भने फाउन्डेसनको काम सम्पन्न गरिसकेको छ।

फाउन्डेसन निर्माणको काम सकिएको भवनमध्ये एउटामा डण्डी कस्ने काम भइरहेको छ। निर्माण कम्पनीले तीन वर्षमा भवन निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने छ।नयाँ बन्ने भवनको क्षमतामा पिक आवरमा प्रतिघण्टा १६ सय यात्रु क्षमताको हुने छ। भवनमा बालबालिकाका लागि खेल्ने ठाउँसमेत निर्माण हुनेछ। भवन कुल १३ हजार १ सय ४४ वर्गमिटरमा निर्माण हुनेछ।

IMG-20231230-WA0014.jpg

साथै पार्किङ, पहुँच मार्ग र ल्यान्ड स्केपिङ आदिको संरचना निर्माण हुने छ। आयोजनाको कुल लागत करसहित ३ अर्ब १ करोड रहेको छ। भवनमा व्यवसायिक प्रयोजनका लागि धेरै स्पेस गरिएको छ।

भवन मूलतः आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि क्रस बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ यात्रुलाई समेत सोही भवनबाट सुविधा दिन सकिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

नेपालगञ्ज विमानस्थल खजुराबाट सन् १९६१ देखि सञ्चालनमा आएको थियो। सन् १९८० मा राँझामा सारी हाल कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा तथा पोखरा विमानस्थलमा समेत हवाई सेवा दिँदै आएको छ।

हाल विमानस्थलको धावनमार्ग १५०० मिट बाट २०० मिटर थप गरि १७०० मिटर बनाइएको छ। रन-वे लाइट र ओभर-ले समेत सम्पन्न भएको छ भने ६ वटा एटीआर वा सोसरहको जहाज पार्क गर्नको निमित्त रिजिट एप्रोनको निर्माणसमेत सम्पन्न भइसकेको छ। 

biratnagar terminal.jpg
विराटनगरमा निर्माणाधीन टर्मिनल भवन।

आन्तरिक विमानस्थलमा सबैभन्दा ठूलो टर्मिनल विराटनगरमा निर्माण हुने 

प्राधिकरणले नेपालको आन्तरिक विमानस्थलहरु मध्ये सबैभन्दा ठूलो टर्मिनल भवन निर्माणको काम थालिसकेको छ। विमानस्थलमा यात्रु चाप बढ्दै गए पनि साँघुरो टर्मिनलका कारण सेवा राम्रो नभएको भन्दै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणको काम थालेको हो।

विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८२५ वर्गमिटर छ। अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको हुनेछ। यो अहिले नेपालका डोमेस्टिक (आन्तरिक उडान) टर्मिनलमा सबभन्दा ठूलो हुनेछ। काठमाडौं विमानस्थलको डोमेस्टिक टर्मिनलको क्षेत्रफल ६ हजार वर्गमिटर छ। विराटनगरमा टर्मिनल बनाउन ३ अर्ब रूपैयाँ भन्दा बढी खर्च हुने छ।

प्रतिघन्टा नौ सय यात्रुलाई सेवा दिनसक्ने नयाँ टर्मिनलले आगामी ३० वर्षसम्मको ट्राफिक थेग्‍ने प्राधिकरणको प्रक्षेपण छ। टर्मिनलसँगै विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी-वे निर्माण गर्न भन्दै प्राधिकरणले  १२६ विघा निजी जमिन अधिग्रहण गर्ने  गरिसकेको छ। 

बिस २०१५ सालमा बनेको यो विमानस्थलको हाल १२० बिघामा फैलिएको छ। १५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा हाल एटिआर-७२, बम्मार्डियरको क्यू ४०० सिरिजका जहाज अवतरण हुन्छन्। धावनमार्गदेखि स्ट्रिपको दुरी १६५ मिटर चाहिन्छ। तर अहिले जम्मा १४० मिटर छ।

यो मापदण्ड पूरा गर्न विमानस्थलको एक भागमा मात्र पर्याप्त छ, अर्कोतिर छैन। यसका लागि पनि थप जग्गा लिइएको प्राधिकरणले जानकारी दिएको छ। 

भोजपुर विमानस्थलमा टर्मिनल भवन निर्माणसँगै मेघौली विमानस्थलको रनवे पनि मर्मत गरिँदै

भोजपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रोम इन्जिनियरिङ विभागले टर्मिनल भवन निर्माणका लागि भन्दै टेन्डर गरेको छ। विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ७ करोड रुपैयाँको लागत अनुमान गरिएको छ।

यसैगरी प्राधिकरणले सिमरा विमानस्थलमा पनि १० करोड रुपैयाँ खर्चेर आसपाल्ट ओभरले  लगायको काम गर्ने भएको छ।

यसैगरी प्राधिकरणले मेघौली विमानस्थलको समेत स्तरोन्नतिका काम गर्ने भएको छ। 

प्राधिकरणले रवे मर्मत  लगायतको कामका लागि टेन्डर गरेको छ। मेघौली विमानस्थलको स्तरोन्नतिमा १ करोड ४० लाख रुपैयाँको लागत अनुमान सहित टेन्डर गरिएको हो।

१ अर्ब ९२ करोड लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल बन्दै

चितवनको भरतपुर विमानस्थल सञ्चालनको ६५ वर्षपछि सुविधासम्पन्न आधनुनिक टर्मिनल भवन निर्माण हुने भएको छ। टर्मिनल भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरिसकेका छन्। भवन निर्माण तर्फ १० प्रतिशत काम सम्पन्न भइसकेको छ। विमानस्थलमा अहिले प्रयोगमा रहेको टर्मिनल भवन २२ वर्ष अगाडि बनेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्मिलन भवन पुरानो भइसकेको र यात्रुको चापु थेग्न नसक्ने भएपछि नयाँ टर्मिलन भवन निर्माण गर्न लागिएको हो। टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले सोमबार मात्रै निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। प्राधिकरणले करबाहेक एक अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरेको हो। निर्माणको जिम्मा केसी क्षमा देवी प्रतिष्ठा जेवीले पाएको छ।

विमानस्थलमा सिवानी एयरको ह्याङगर रहेको ठाउँमा टर्मिनल भवन निर्माण हुनेछ। ४ हजार ८ सय स्क्वायर मिटर क्षेत्रफलमा २ तले भवन निर्माण हुनेछ। टर्मिनल भवनको कुल स्पेस भने ८ हजार स्क्वायर वर्ग मिटरभन्दा बढी हुनेछ। साथै यो विमानस्थलको रनवे विस्तारको काम समेत हुने भएको छ।

रनवे विस्तारका लागि प्राधिकरण काम अगाडि बढाइसकेको छ। रनवे विस्तारका लागि नेपाली सेनाको घोडा प्रजन्नन केन्द्र सार्ने विषयमा समेत सहमति भइसकेको छ। यो विमानस्थलमा ७२ सिटको एटीआर जहाज अवतरण गर्न सकिने गरी रनवे विस्तारको काम गर्न लागेको हो। निर्माण कम्पनीले ३ वर्षभित्र भवन निर्माण गरिसक्नु पर्ने गरी सम्झौता भएको छ। 

nalinchok helipad.jpg
नलिनचोकमा निर्माण सम्पन्न भएको हेलिपोर्ट।

अन्यत्र पनि हुँदैछ तीब्र काम

प्राधिकरणले भक्तपुरको नलिनचोकमा सुविधासम्पन्न हेलिप्याड निर्माण सम्पन्न गरेको छ।

प्राधिकरण इन्जिनियरिङ विभागले सगरमाथा विमानस्थल निर्माण क्षेत्रमा रहेको रुख कटानीको काम समते आंशिक रुपमा सम्पन्न गरिसकेको छ। यसैगरी ताप्लेजुङ र इलाम विमानस्थलमा समेत स्तरोन्नतिलगायतको काम गरिरहेको छ। 

राजविराज विमानस्थलमा चेनलिंक फेसिंग र दाङ विमानस्थलमा सुदृढीकरण कार्य अन्तर्गत टावर तथा अन्य विमानस्थल विस्तारको काम प्राधिकरणले अगाडि बढाएको छ।  

यसैगरी प्राधिकरणले जोमसोम विमानस्थलमा नदी नियन्त्रणको काम र कालिकोट विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्र तथा ड्रेनेज निर्माणको काम गरिरहेको छ। 

प्राधिकरणले विमानस्थल सुदृढीकरण कार्य पनि गरिरहेको छ। प्राधिकरणले दिएको जानकारीअनुसार अर्घाखाँची धवानमार्ग, ट्याक्सी वे, एप्रोन विस्तारको काम समेत गरिरहेको छ। साफेबगर, बैतडीको पाटन विमानस्थल र तुम्लिङटार विमानस्थलमा समते नयाँ टर्मिनल भवन तथा टावर निर्माणको काम भइरहेको छ। 

चालु आवमा करिब  ४ अर्बको काम हुँदै

देशभरीको विमानस्थल स्तरोन्नतिका लागि एरोड्रम इन्जिनियरिङ विभागमा मार्फत २ अर्ब ९५ करोड रुपैयाँको यसै बर्ष काम हुँदै छ। कुन विमानस्थल स्तरोन्नतीका लागि यो वर्ष प्राधिकरणले करिब ४ अर्ब बजेट विनियोजन गरेको छ।

कुन विमानस्थललाई कति?

प्राधिकरणले १६ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता भइ काम भइरहेको विराटनगर विमानस्थलमा धावन मार्ग विस्तार, ट्याक्सी वे सुधार (बहुवर्षीय आयोजना) का लागि १० करोड रुपैयाँ विनियोजना गरेको छ।

यसैगरी धनगढी विमानस्थलमा पार्किङ स्थल र पहुँच मार्ग निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजना गरेको छ। यो काममा लागि १ करोड १८ लाख ८९ हजारमा ठेक्का सम्झौता भइसकेको छ।

रारा विमानस्थलमा एप्रोन तथा धावनमार्गको पूर्वपट्टी पहिरो नियन्त्रणको लागि ४ करोड ४४ लाख रुपैयाँ छुटाइएको छ। यो काममा लागि २२ करोड २५ लाख रुपैयाँ ठेक्का सम्झौता भइसकेको छ।

यसैगरी कमलबजार विमानस्थल सुदृढीकरणका कार्यका लागि २० लाख रुपैयाँ र बाजुरा र रारा विमानस्थलमा स्लरी सिल तथा मार्किङ सम्बन्धीकामका लागि १ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

तुम्लिङटार विमानस्थलको जग्गा विकास कार्यक्रमका लागि ३५ लाख,दार्जुला गोकुलेश्वर विमानस्थल विकासका लागि ७४ लाख, इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा चेनलिंक फेन्सिश्र तथा पहुँच मार्ग निर्माणका लागि १ करोड रुपैयाँ र जुफाल विमानस्थलको धावन मार्ग स्तरोन्नति तथा अन्य कामका लागि १ करोड ४४ लाख रुपैयाँ प्राधिकरणले छुट्याएको छ।

यसैगरी प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डको गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा रहेको पालुङटार विमानस्थल स्तरोन्नति तथा विकासका लागि ४ करोड ४२ लाख रुपैयाँ विनियोजना गरिएको छ।

महेन्द्रनगर विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन तथा अन्य काममा लागि ९ करोड ७६ लाख रुपैयाँ प्राधिकरणले छुट्याएको छ। यो काममा लागि ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भइसकेको छ।

प्राधिकरणले (भेरिगंगा विमानस्थल) रामघाट, सुर्खेत प्रादेशिक विमानस्थल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ र अर्घाखाँची विमानस्थलका लागि १ करोड रुपैयाँ छुट्याएको छ।

यसैगरी रनवे स्तरोन्नतिलगायतका कामकै लागि प्राधिकरणले अर्घाखाँचीको अर्घावती विमानस्थलका लागि ८ करोड, बझाङ विमानस्थलमा चेनलिंक फेसिंग निर्माणका लागि १ करोड २० लाख, मेघौली विमानस्थल स्तरोन्नतिका लागि १ करोड ९ लाख, रुकुम चौरजहारी विमानस्थल स्तरोन्नतिका लागि २२ करोड १२ लाख, फाप्लु विमानस्थलमा चेनलिंक फेसिंग कार्यको बाँकी भुक्तानीका लागि ८ लाख ८० हजार, उदयपुरमा निर्माण हुने सगरमाथ विमानस्थल निर्माणका लागि ३ करोड र सिमिकोट विमानस्थलमा एप्रोन विस्तार कार्यका लागि ६ करोड रुपैयाँ प्राधिकरणले छुट्याएको छ।

यसैगरी प्राधिकरणले चालु आवको बजेटमा दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ५० लाख, राजविराज विमानस्थल चेनलिंक फेसिंङ निर्माणका लागि ६० लाख, जोमसोम विमानस्थलमा फेसिंग, ल्याण्ड साइट र रनवे मर्मतका लागि १ करोड र भोजपुर विमानस्थलमा माटो कटानी, फेसिंग, ड्रेनेज तथा अन्य काममा लागि ३० लाख रुपैयाँ छुट्याएको छ।

यसैगरी कालिकोट विमानस्थलमा ड्रेन, रिटेनिङ बाल तथा रनवे सुधारका लागि ३० लाख, रुकुमको सल्ले, तुम्लिङटार तथा भरतपुर विमानस्थलमा चेन लिंक फेसिंग निर्माणका लागि ३ करोड, साँफेबगर विमानस्थल सुधारका लागि ३० लाख, चन्द्रगढी विमानस्थलको डीभीओआर र डीएमई साइट सम्म पुग्ने बाटो तथा सवारी पार्किङ क्षेत्र विस्तारका लागि २ लाख र प्राधिकरणको भवनमा फाइर बिलिडिङ, शौचालय तथा सुरक्षा गार्ड बस्ने ठाउँ निर्माणका लागि ६० लाख रुपैयाँ प्राधिकरणले विनियोजन गरेको छ।

यसैगरी जुम्ला विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख, फ्युल ट्यांकर र फाइर ट्रक पहुच रोड तथा अन्य काममा लागि ६० लाख, सिमरा विमानस्थलमा ट्याक्सी वे ओभरले, चेनलिंक फेसिंग तथा अन्य कामका लागि ५ करोड ४४ लाख र साँफेबगर नागरिक उड्डयन प्राधिकरणको आगमन तथा प्रस्थान कक्षदेखि एप्रोनसम्म जाने सडक निर्माणका लागि ७ लाख ७५ हजार रुपैयाँ बजेट मार्फत प्राधिकरणले छुट्याएको छ।

यसैगरी प्राधिकरणले धनगढी विमानस्थलमा पुहुँच रोड, ओभरहेड पानी टंयाकी, सुरक्षा चेक पोस्ट, फायर वाच टावर लागतयका काम गर्न ५० लाख र चन्द्रगढी विमानस्थलमा पहुँच रोड, फाइर भेकल, टर्निङ प्याड लगायतका कामका लागि पनि १५ लाख रुपैयाँ विनियोजना गरेको छ।

mahendranagar airport.jpg
महेन्द्रनगर एयरपोर्ट।

आन्तरिक विमानस्थलहरूमा भवन निर्माणमा २ अर्ब ९४ करोड

प्राधिकरणले देशभर रहेका आन्तरिक विमानस्थमामा रहेका भवन स्तरोन्नति तथा निर्माणका लागि २ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ। जसमा विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ कार्यालय भवन तथा कन्ट्रोल टावर निर्माण कार्यालयका लागि समान ४४ लाख २४ हजार रुपैयाँको दरमा बजेट विनियोजन भएको छ।

यसैगरी सिमरा विमानस्थलमा कन्ट्रोल टवा तथा अफिस भवन निर्माणका लागि २ करोड ४० लाख, दाङ विमानस्थलमा टावर निर्माण तथा अन्य सम्बन्धित कार्यका लागि २८ लाख, विराटनगर विमानस्थलमा कमर्सियल भवन निर्माण कार्यका लागि ७५ लाख र सिनामंगलको नयाँ कार्यालय भवनको बाँकी भुक्तानी बाँकी र अन्य आवश्यक काममा लागि १४ करोड रुपैयाँ प्राधिकरणले विनियोजना गरेको छ।

यसैगरी धनगढी विमानस्थलको टर्मिनल भवन रिकन्फिग्रेसन, विमानस्थल गेटको फाउन्डेसन निर्माण, चमेना गृह तथा हल निर्माणका लागि २० लाख र बहरमहलको पुरानो अफिस रहेको ठाउँमा  कमर्सियल भवन निर्माणको लागि १ करोड, तुम्लिङटार विमानस्थलमा आगमन तथा प्रस्थान यात्रु कक्ष निर्माणका लागि ३० लाख, सुर्खेत विमानस्थलमा फाइर वाच टावर लगायतको संरचना निर्माणका लागि १ करोड र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ४४ करोड ४२ लाख  रुपैयाँ प्राधिकरणले छुट्याएको छ।

प्राधिकरणको नयाँ अफिस भवनको साइट क्लियर, बगैँचा, मेन गेट लगायतका कामको लागि १ करोड ५० लाख र क्यान्टिन तथा यात्रु प्रतिक्षालय रुप निर्माणका लागि २० लाख रुपैयाँ रकम विनियोजना गरेको छ।

साथै प्राधिकरणले नलिनचोकमा निर्माण भइरहेको हेलिपोर्ट स्थलमा यात्रु तथा सुरक्षाका लागि निर्माण हुने संरचनाका लागि ५० यसैगरी भरतपुर विमानस्थल स्तरोन्नित तथा विस्तार र नयाँ टर्मिनल भवन निर्माणका लागि ४४ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी रारा विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ६ करोड ५५ लाख, नलिन्चोक हेलिपोर्टमा नयाँ टर्मिनल भवन निर्माणका लागि १ करोड, भोजपुर विमानस्थलमा नयाँ टर्मिनल तथा टावर भवन निर्माणका लागि ५ करोड ४४ लाख, नेपाल विमानस्थल नयाँ टर्मिनल टावर भवन निर्माणका लागि ६२ करोड ६५ लाख र  खिजी चण्डेश्वरी विमानस्थलमा प्रिफ्याब भवन निर्माणका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले डोटी विमानस्थलमा टर्मिनल टावर भवन निर्माणका लागि २ करोड ५० लाख, डोल्पा विमानस्थलमामा ठावर तथा टर्मिनल भवन निर्माणका लागि ५० लाख, साँफेबगर विमानस्थलमा चेकपोस्ट निर्माणका लागि १० लाख रुपैयाँ र बझांग विमानस्थलमा सेक्युरिटी क्वाटर निर्माणका लागि १ करोड १० लाख रुपैयाँ विनियोजना गरेको छ।

यसैगरी प्राधिकरणले फाप्लु नागरिक उड्डयन प्राधिकरण कार्यालयमा शौचालय तथा अन्य निर्माणका लागि १५ लाख र सिमिकोट विमानस्थल हेलिप्याडको लागि प्यासेन्ज सिड, गेट तथा अन्य निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजना गरेको छ।

images

प्रकाशित : आइतबार, पुस १५ २०८०११:४८

प्रतिक्रिया दिनुहोस