शुक्रबार, असोज ४ गते २०८१    
images
images

विमानस्थलमा अनुगमन भएको दोस्रो दिनमै यात्रुसँग आउने सुन घट्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १४ २०७८
images
images
विमानस्थलमा अनुगमन भएको दोस्रो दिनमै यात्रुसँग आउने सुन घट्यो 

सोमबारको अनुगमनबाट त्यस्तो सुनमा निर्धारण भएकोमध्ये १ करोड राजस्व बुझाएर सुन फिर्ता लिएका थिए। बाँकी अझ‌ै १ करोड राजस्वको सुन बाँकी छ। 

images
images

काठमाडौं- पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्समा कमी आउन थालेपछि सरकारले चुहावटका क्षेत्र पहिचान गरिरहेको छ। 

images
images
images

हुन्डी बाहेकका अन्य क्षेत्रमा रेमिट्यान्स चुहावट भएको हुनसक्ने सम्भावित क्षेत्र पहिचान गरेर अनुगमनलाई तीव्रता दिएको छ। त्यहीमध्येकै एक हो विदेशबाट आउने यात्रुले ल्याउने सुन। 

विदेशबाट आउने यात्रुले सुन ५० ग्रामसम्म सुनको गहना ल्याउन पाइन्छ। यसरी व्यक्तिगत प्रायोजनका लागि गहना बनाएर ल्याएको सुन भन्सारले छोडिदिने गरेको छ। 

तर पछिल्लो समय सुनको गहना ल्याउने नममा काचो सुन नै ल्याउने गरेको भन्दै भन्सार विभागले अनुगमन सुरु गरेको छ। गहनाको नाममा बाला बनाएर आउने यात्रुहरू धेरै भएको रिपोर्टपछि भन्सार विभागले विमानस्थलमा सुन जाँचकी परिचालन गरेको थियो। 

images

सोमबार त्यस्ता जाँचकी राखेर अनुगमन गर्दा ठूलो मात्रामा गहनाको नाममा काचो सुन ल्याएको पाइएको थियो। त्यस्तो सुन ५० ग्रामसम्मकै भएपनि भन्सार महसुल तिराउने भन्सार विभाले यसअघि नै निर्णय गरिसकेको छ। 

सोमबारको अनुगमनमा ३३२ जनाबाट २२ केजी सुन त्यस्तो भेटिएको थियो जुन गहना भनेर ल्याइएको तर कुनैपनि रसायन मिश्रण नभएको। यस्तो सुन कुनै सङ्गठित गिरोह परिचालनबाट आएको हुनसक्ने भन्दै विभागले कडाइ गरेको थियो। 

सोमबारको अनुगमनबाट त्यस्तो सुनमा निर्धारण भएकोमध्ये १ करोड राजस्व बुझाएर सुन फिर्ता लिएका थिए। बाँकी अझ‌ै १ करोड राजस्वको सुन बाँकी छ। 

सोमबारको अनुगमनमा ठूलो मात्रामा रसायन मिश्रण नभएको सुन भेटिएर आज पनि जाँचकी पठाएको विभाग मंगलबार भने खासै उत्साहित देखिएको छैन। आज अनुगमनका क्रममा रसायन नमिसिएको सुन खासै नभेटिएको एक जाँचकीले जानकारी दिए। 

'आज एक्कसी घटेको छ। सोमबार हामीले यहाँ अनुगमन गर्दा जुन अवस्था थियो आज ठिक उल्टो छ। यसमा दुई कारण हुनसक्छन् पहिलो कुरा जानकारी भएको हुनसक्छ अर्को भने यदि त्यो सङ्गठित काम थियो भने उतैबाट रोकेका हुनसक्छन्' एक जाँचकीले भने।


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८०८:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend