शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तमले पायो बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति, कति चाहिन्छ पैसा?

मंगलबार, पुस १० २०८०
सर्वोत्तमले पायो बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति, कति चाहिन्छ पैसा?

अन्य कम्पनीको प्राथमिक सेयरमा १० कित्तामात्रै आवेदन दिन पाइने भएपनि यस कम्पनीको सेयरमा भने न्यूनतम ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन।

काठमाडौं- सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। सौरभ ग्रुपको सर्वोत्तम सिमेन्टले पहिलोपटक पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।

कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको हो। बोर्डले सर्वोत्तम सिमेन्टलाई पुस ३ गते मंगलबार स्थानीय बासिन्दा, वैदेशिक रोजगारमा रहेका नेपाली र आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीको अनुमति दिएको हो।

कम्पनीले कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेकोमा पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४०५ बराबरले हुन आउने २४ लाख कित्ता बोलकबोल गरी कायम हुन आएको कटअफ मूल्यबाट सर्वसाधारणलाई १० प्रतिशत घटाएर प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आईपीओ बिक्री गर्नेछ।

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४०१ देखि ६५० रुपैयाँसम्मको बिक्री मूल्य सीमा राखेर २४ लाख कित्ता सेयर बोलकबोल गरेकोमा ४०१ रुपैयाँमा कटअफ कायम भएको थियो। उक्त कटअफका आधारमा सर्वसाधारणलाई १० प्रतिशत मूल्य घटाएर आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ।

अन्य कम्पनीको प्राथमिक सेयरमा १० कित्तामात्रै आवेदन दिन पाइने भएपनि यस कम्पनीको सेयरमा भने न्यूनतम ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन अनुमति पाएकाले ५० कित्ता सेयर खरिदका लागि आवेदन दिँदा प्रतिआवेदक न्यूनतम १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्नेछ।


प्रकाशित : मंगलबार, पुस १० २०८०१६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend