शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज, आवेदक सबैले सेयर पाउने

मंगलबार, पुस १० २०८०
हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज, आवेदक सबैले सेयर पाउने

कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो।

काठमाडौं- हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर बुधबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे सेयर बाँडफाँट हुनेछ।

कम्पनीले गत मंसिर २७ देखि सेयर निष्कासन गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो।

कम्पनीले प्रतिसेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको सेयर निष्कासनमा ल्याएको थियो।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा सबै आवेदकले १० कित्ता सेयर हात पार्नेछन् भने यसरी १० कित्ता बाँडफाँड गरी बाँकी रहेको सेयर थप १० कित्ताका दरले पुगेजति आवेदकलाई गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसअनुसार २० कित्ताभन्दा धेरै आवेदन दिएकामध्ये आधाभन्दा बढीले २० कित्ता कित्तासम्म सेयर हात पार्नेछन्।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको प्रणालीमा प्रविष्ट भएको अन्तिम दिनको तथ्यांकअनुसार कुल १६ लाख ६० हजार २२ वटा आवेदन परेको थियो। विगतका ट्रेण्डलाई हेर्ने हो भने सि-आश्वा प्रणाली, दोहोरो आवेदन र सस्पेक्टेड एप्लिकेन्टलाई रद्द गर्दा करिब एक लाख हाराहारीमा आवेदन रद्द हुनसक्ने अवस्था देखिन्छ। यदि एक लाख आवेदन रद्द भएको खण्डमा हिमालयन रि इन्स्योरेन्समा सेयर पाउने आवेदक १५ लाख ६० हजार माथि कायम हुनेछ।

सो मध्येमा २ प्रतिशत अर्थात् ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर पनि बाँडफाँट गरिसकेको छ।


प्रकाशित : मंगलबार, पुस १० २०८०१६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend