काठमाडौं- मंगलबार सुन तथा चाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदी १५ रुपैयाँ घटेको हो।
सोमबार ९२ हजार रुपैयाँ तोलामा कारोबार भएकाो छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य सोमबार प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएकोमा मंगलबारका लागि १२ सय ५ रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासंघले जनाएको छ।