शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बोटलर्स नेपालको सेयरमा १० दिनमै लगानीकर्ताले कमाए प्रतिकित्ता ३६६४ रुपैयाँ, अझै कति बढ्ला?

सोमबार, पुस ९ २०८०
बोटलर्स नेपालको सेयरमा १० दिनमै लगानीकर्ताले कमाए प्रतिकित्ता ३६६४ रुपैयाँ, अझै कति बढ्ला?

काठमाडौं- बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा लगातार सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य विगत १० दिनदेखि लगातार १० प्रतिशतका दरले बढिरहेको छ। 

कम्पनीको सेयर मूल्य अझै रोकिने छाँट देखिएको छैन। बिहीबार र आइतबार सेयर बजार घटेको भएपनि कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्ने क्रम रोकिएन। 

आइतबार पनि प्रतिकित्ता ५७८.४० रुपैयाँले बोटलर्स नेपालको सेयर मूल्य बढेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६३६२.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको ५० कित्तामात्रै कारोबार भएको छ। 

botteler 11.JPG

कम्पनीको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता मात्रै सेयर सूचीकृत रहेको छ। कम्पनीको गत डिसेम्बर ११ मा २६९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यसयता मात्रै प्रतिकित्ता ३६६४ रुपैयाँले बढेर ६ हजार ३ सय ६२ रुपैयाँ पुगेको हो। 

कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८८ हजार ७ सय रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण १२ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको एकवर्ष अगाडिको सेयर मूल्य २२२२ रुपैयाँ रहेको थियो।


प्रकाशित : सोमबार, पुस ९ २०८००७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend