शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

उचाइतर्फ लागिरहेको सेयर बजारमा लगातार दुई कारोबार घट्यो, आइतबार ७ अर्ब ११ करोडको कारोबार

आइतबार, पुस ८ २०८०
उचाइतर्फ लागिरहेको सेयर बजारमा लगातार दुई कारोबार घट्यो, आइतबार ७ अर्ब ११ करोडको कारोबार

काठमाडौं- लगातार बढेर गएको साता अन्तिम कारोबारमा केही करेक्सन देखिएको सेयर बजार यो साता पहिलो कारोबारमा पनि घटेको छ। गएको साता समग्रमा बजारमा ११४.४९ अंकको सुधार देखिएको थियो।

बजार वृद्धितर्फ नै जाने विश्लेषण भइरहँदा आइतबार पनि थामिएको हो। आइतबार २१.०३ अंकले घटेर बजार २०८८.०७ बिन्दुमा पुगेको छ। ७९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ। १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

निरन्तर उचाइतर्फ गइरहेको सेयर बजार गएको साताको अन्तिम कारोबारमा थामिएको थियो। नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। अहिले वृद्धि थामिए पनि बजारले उचाइतर्फकै यात्रा गर्ने आधारहरू देखिएको विश्लेषकहरू बताउँछन्।

गएको साता आइतबार २७.७५ अंकले बढेको बजार सोमबार ३८.१४ अंकले बढेको थियो। बजार मंगलबार ४५.९८ र बुधबार ३५.३९ अंकले बढेको थियो। बिहीबार बजार ३२.७७ अंकले घटेको थियो। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको थियो। अहिले करेक्सन देखिए पनि बजारको अवस्था उचाइतर्फ लाग्ने नै भएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, पुस ८ २०८०१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend