शुक्रबार, असोज ४ गते २०८१    
images
images

गैरआवासीय नेपालीबाट वाणिज्य बैंकले विदेशी मुद्रामा निक्षेप लिन पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १३ २०७८
images
images
गैरआवासीय नेपालीबाट वाणिज्य बैंकले विदेशी मुद्रामा निक्षेप लिन पाउने

यस्तो निक्षेपको अबधि न्यूनतम १ वर्षको हुनुपर्ने छ। 

images
images

काठमाडौं- वाणिज्य बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गरेर ऋण परिचालन गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै आवधिक निक्षेप संकलन गर्न पाउने व्यवस्था गरेको हो। 

images
images
images

मौद्रिक नीतिको समीक्षा मार्फत् गरेको व्यवस्था कार्यान्वयन गर्नका लागि जारी निर्देशनमा अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापनी येन, चिनयाँ युआनमा यस्तो निक्षेप संकलन गर्न पाउने व्यवस्था गरिएको छ। 

यस्तो निक्षेपको अबधि न्यूनतम १ वर्षको हुनुपर्ने छ। 

बैंकले आफ्नो नियमअनुसार ब्याज निर्धारण गर्नसक्ने यस्तो निक्षेप १ वर्षपछि बचतकर्ताले फिर्ता लिन चाहेनमा पाउने छ। निक्षेप लिन वा फिर्ता गर्दा बैंकिङ प्रणालीको प्रयोग अनिवार्य हुने छ। 

images

गैरआवासीय नेपालीबाट पनि विदेशी मुद्रामा वाणिज्य बैंकहरुले निक्षेप लिनसक्ने छन्। संस्थागत तथा गैरआवासीय नेपालबाट यस्तो निक्षेप लिँदा न्यूनतम ५ हजार अमेरिकी डलर हुनुपर्ने छ। 

विदेशी मुद्रामा खाता खोल्दा केवाइसी भने अनिवार्य अपडेट हुनुपर्ने छ। यस्तो काम विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ। 

गैरआवासीय नेपालीहरुले यस्तो निक्षेप राख्न पाउने भएका छन्। गैरआवासीय नेपाली तथा उनीहरुले प्रबर्द्धन गरेको संस्थाले खाता खोल्न तथा सञ्चालन गर्न पाउने छन्। 

यस्तो खाता खोल्दा गैरआवासीय नेपालीको परिचयपत्रको प्रतिलिपी बुझाउनुपर्ने छ। निक्षेप फिर्ता गर्दा जुन देशबाट बचत गरिएको हो सोही देशमा फिर्ता गर्न मिल्ने भएको छ। 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८१४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend