शुक्रबार, असोज ४ गते २०८१    
images
images

चाँदी आयात गर्दा एक पटकमा ३५ हजार डलर सटही सुविधा

images
सोमबार, मंसिर १३ २०७८
images
images
चाँदी आयात गर्दा एक पटकमा ३५ हजार डलर सटही सुविधा

गरगहना बनाउने, हस्तकलाका सामग्री बनाउने तथा बिक्री गर्ने प्रायोजनका लागिमात्र चाँदी आयात गर्ने व्यवसायीहरुले यस्तो सटही सुविधा पाउने छन्। 

images
images

काठमाडौं- मौद्रिक नीतिको पहिलो त्रायमासिक समीक्षा गर्दै चाँदी आयातमा कडाइ गर्ने व्यवस्था गरेको नेपाल राष्ट्र बैंकले थप व्याख्या गरेको छ। 

images
images
images

मौद्रिक नीतिको समीक्षासँग सम्बन्धित निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटहीको सुविधा दिन भनेको छ। 

गरगहना बनाउने, हस्तकलाका सामग्री बनाउने तथा बिक्री गर्ने प्रायोजनका लागि मात्र चाँदी आयात गर्ने व्यवसायीहरुले यस्तो सटही सुविधा पाउने छन्। राष्ट्र बैंकले साेमबार निर्देशन जारी गरेको हो।

आयात कडाइ गर्ने सम्बन्धनमा केन्द्रीय बैंकले डकुमेन्टको आधारमा दिइने भुक्तानी तथा प्राप्तिको सीमा पनि घटाएको छ। 

images

यसअघि अमेरिकी डलर १ लाख रहेको यो सुविधा घटाएर ५० हजारमा सीमित पारिएको छ। 

 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend