शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तमलाई बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न अनुमति, आवेदन दिन कति लाग्छ पैसा?

शुक्रबार, पुस ६ २०८०
सर्वोत्तमलाई बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न अनुमति, आवेदन दिन कति लाग्छ पैसा?

अन्य कम्पनीको प्राथमिक सेयरमा १० कित्ता मात्रै आवेदन दिन पाइने भएपनि यस कम्पनीको सेयर भने न्यूनतम ५० कित्ता भन्दा कम आवेदन दिन पाइने छैन।

काठमाडौं- सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।

सेबोनले कम्पनीलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता सेयर जारी गर्नको लागि अनुमति दिइएको हो। सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् सर्वसाधारणलाइ आइपीओ जारी गर्न गर्न २०८० मंसिर १८ गते सोमबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो। यसमा लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर जारी गर्न अनुमति पाएकाले ५० कित्ता सेयर खरिदका लागि आवेदन दिँदा प्रतिआवेदक न्यूनतम १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्नेछ।

अन्य कम्पनीको प्राथमिक सेयरमा १० कित्ता मात्रै आवेदन दिन पाइने भएपनि यस कम्पनीको सेयर भने न्यूनतम ५० कित्ता भन्दा कम आवेदन दिन पाइने छैन।

कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारमा रहेका नेपाली र आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीको अनुमति पाएको हो। यसअघि नै कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर जारी गरी तथा बाँडफाँट गरिसकेको छ। 

योग्य संस्थागत लगानीकर्तालाई कम्पनीले ४०१ देखि ६५० रुपैयाँसम्मको बिक्री मूल्य सीमा राखेर बोलकबोल गरेकोमा ४०१ रुपैयाँमा कटअफ कायम भएको थियो। उक्त कटअफका आधारमा सर्वसाधारणलाई १० प्रतिशत मूल्य घटाएर आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ।

कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्नपछि बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। सर्वोत्तमको धितोपत्र जारी गर्न तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend