आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सव हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ६ २०८०
images
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सव हुँदै
images
images

काठमाडौं- अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ।

images
images
images

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो।

images
images

रेवान पोखराले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए।

images
images

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पाँच दिन चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायतका कार्यक्रम हुनेछन्', उनले भने।

महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सव पोखराको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्मको करिब तीन किमी क्षेत्रमा हुने जानकारी दिए। महोत्सवमा पोखरा पर्यटनको विकास प्रवर्द्धन, अवसर र चुनौतीको विषयमा केन्द्रित टक शो कार्यक्रम सञ्चालन गरिने उनले बताए।

सडक महोत्सवमा जाने पर्यटकलाई बसोबासको लागि पोखराका एक हजार दुई सयभन्दा बढी होटलमा ४० हजार श्यया उपलब्ध रहेको रेवान पोखराले जनाएको छ। चारदेखि पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवको अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा ७० लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ।

महोत्सवमा नेपालका वरिष्ठ कलाकार पशुपति शर्मा, प्रीति आले, बद्री पङ्गेनीलगायतका कलाकारले प्रस्तुति रहनेछ। यस्तै, महोत्सवले पर्यटकीय नगरी पोखराको अर्थतन्त्रलाई चलायमान बनाउने बताइएको छ।

नेपाल पर्यटन वोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटन प्रवर्द्धनका लागि बोर्डले यस्ता सडक महोत्सवलाई सहयोग गर्दै आएको बताए। उनले पोखराको सडक महोत्सवले देशव्यापी सन्देश दिने स्पष्ट पारे।

रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले मुलुकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने उनले उल्लेख गरे। रासस


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१४:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend