शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

घोराही सिमेन्टले १५ प्रतिशत बोनस सेयर दिने

शुक्रबार, पुस ६ २०८०
घोराही सिमेन्टले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं- घोराही सिमेन्ट कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ। गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ।

कम्पनीले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ। सभा प्रयोजनका लागि पुस १६ ते बुक क्लोज गर्ने भएको छ।

बुक क्लोज हुने अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् भने लाभांश पनि पाउनेछन्।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ।


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend