शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

टेलिकमले लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिने

शुक्रबार, पुस ६ २०८०
टेलिकमले लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिने

काठमाडौं- नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीले अघिल्लो वर्षकै लाभांशलाई निरन्तरता दिएको हो।

कम्पनीको पुस ५ गते बसेको बोर्डको बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भइ आगामी १६ औँ वार्षिक साधारण सभाबाट पास भएपछि मात्र लगानीकर्ताहरुलाई वितरण गरिने छ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा पनि लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिएको थियो।

कम्पनीको सेयर मूल्य बिहीबार ९४० रुपैयाँमा कारोबार भएको छ। 

 


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend