बिहीबार , वैशाख २० गते २०८१    
images
images

तयारी पूरा नभएको भन्दै भरतपुर भ्रमण वर्ष २०८१ मा सार्न सरोकारवालाको सुझाव

images
images
images
तयारी पूरा नभएको भन्दै भरतपुर भ्रमण वर्ष २०८१ मा सार्न सरोकारवालाको सुझाव

भरतपुर महानगरमा पर्ने पुल्चोक-गोन्द्राङ सडकको कामले पनि पूर्णता पाउन सकेको छैन। महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा काम भइरहेकाले अहिले अस्तव्यस्त देखिएको छ। महानगरका ग्रामीण क्षेत्रमा हरियाली बनाउने काम भइरहेको छ।

images
images

चितवन- भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्ष सन् २०२४ कार्यक्रम केही महिना पछि सार्न सरोकारवालाले सुझाव दिएका छन्। सडक यातायातलगायत धेरै कुरा अनुकूल नभएको भन्दै केही समय पछि सार्न सुझाव दिएका हुन्।

images
images
images

नारायणगढ-मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि दिउँसोको समयमा यातायात रोकेर काम गर्ने तयारी गरिएको छ। यही पुस ७ गतेबाट सो सडक दिउँसोको समयमा चार घण्टा बन्द गरेर काम गरिँदै छ। मुग्लिन-पोखरा र नारायणगढ-बुटवल सडकखण्ड पनि निर्माणाधीन अवस्थामा छन्। ती सडक निर्माणको काम भइरहेकाले केही महिना पछि नै थप सहज हुने देखिएको छ।

images

भरतपुर महानगरमा पर्ने पुल्चोक-गोन्द्राङ सडकको कामले पनि पूर्णता पाउन सकेको छैन। महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा काम भइरहेकाले अहिले अस्तव्यस्त देखिएको छ। केही महिनामा नै यो काम सम्पन्न हुने अवस्थामा छ।

images

भ्रमण वर्षमा पर्यटकका लागि देखाउन लागिएको दियालो दरबार मर्मतसम्हार गर्न बाँकी भने बाघ राख्ने खोर निर्माण भइरहेको छ। महानगरका ग्रामीण क्षेत्रमा हरियाली बनाउने काम भइरहेको छ। यससँगै बागमती प्रदेश सरकारले यही जनवरी १ मा भ्रमण वर्ष घोषणा गर्दैछ। एउटै समयमा शुभारम्भ कार्यक्रम नगर्न बागमती प्रदेश सरकारको पनि सुझाव छ।

images
images

निजी र सरकारी क्षेत्रबाट केही महिना भ्रमण वर्ष सार्दा उपयुक्त हुने सुझाव दिइएको छ। सन् २०२४ कै केही महिनापछि शुभारम्भ गर्न वा विसं २०८१ लाई भ्रमण वर्षको रुपमा मनाउन धेरैको सुझाव छ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण भट्ट भन्छन्, 'भौतिक निर्माणमा हामी देशकै अग्रणी छौँ, तर नारायणगढ बजारमा निर्माणाधीन सडकले पूर्णता नपाउँदा देख्नेलाई केही पनि नभएको हो कि जस्तो देखियो।'

निजी क्षेत्र तयारी अवस्थामा रहे पनि केही महिना पछाडि सार्दा उपयुक्त हुने उनको सुझाव छ। अझै राम्रो तयारी गर्न सकिने र अन्य हिसाबले पनि राम्रो हुने भट्टले बताए। चितवन पर्यटन विकास समितिका संयोजक खेम भट्ट अहिलेकै अवस्थामा भ्रमण वर्ष मनाउन त्यति राम्रो नभएको हुँदा केही महिना पछि सार्न भरतपुर महानगरलाई अनुरोध गर्छन्। उनले भने, 'मिलेसम्म केही महिनापछि भ्रमण वर्षको शुभारम्भ गर्न उपयुक्त देख्छु।

भरतपुर महानगरपालिका देशमै भौतिक पूर्वाधारमा धेरै काम भएको महानगर हो। मुख्य सहरी क्षेत्रको नारायणगढ र भरतपुर क्षेत्रमा अहिले काम भइरहेको छ। बजेटको अभावमा जुन गतिमा काम हुनुपर्ने हो हुन नसक्दा भरतपुर प्रवेश गर्दैगर्दा शोभायमान देखिएको छैन।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ निजी क्षेत्र तयार भए पनि मुख्य बजार क्षेत्रको काम सम्पन्न हुन नसक्दा सोचेजस्तो राम्रो नदेखिएको बताउँछन्। बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन सकेमा भ्रमण वर्ष अरु राम्रो हुने उनको सुझाव छ।

भ्रमण वर्षका लागि महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएका छन्। उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पूर्वउपाध्यक्ष राजन गौतम विसं २०८१ लाई भ्रमण वर्ष घोषणा गर्दा अझ राम्रो हुने सुझाव दिन्छन्। उनले भने, 'महानगरले आन्तरिक तयारी पूरा गरे पनि बाह्य अवस्था त्यति राम्रो बनिसकेको छैन, आन्तरिक पर्यटकलाई जोड दिइने भएकाले नयाँ वर्षबाट गर्दा राम्रो हुन्छ।'

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएको बताउँछन्। बजार क्षेत्रको मुख्य सडक बन्दै गरेको, नारायणगढ मुग्लिन सडकखण्ड दिनको समयमा रोकेर काम गर्न लागिएको, भरतपुर आउने मुख्य दुई सडक बन्दै गरेको लगायतका कारण भ्रमण वर्ष केही महिना सार्न सुझाव आएको बताउँछन्।

महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्ष महानगर र निजी क्षेत्रको सहकार्यमा गर्न लागिएकाले निजी क्षेत्रको सुझाव लिएर अघि बढ्ने बताइन्। उनले भनिन्, 'निजी क्षेत्रबाट आउने सुझावअनुसार महानगर अघि बढ्छ।' उनका अनुसार शुक्रबार बस्ने कार्यपालिकाको बैठकले यस विषयमा छलफल गरेर टुंगो लगाउने छ।

पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको भरतपुर महानगरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सन् २०२४ लाई भ्रमण वर्ष घोषणा गर्न लागिएको हो। रासस

images

प्रकाशित : बिहीबार , पुस ५ २०८००५:४०

प्रतिक्रिया दिनुहोस