बिहीबार , वैशाख २० गते २०८१    
images
images

प्राधिकरण ऐनको विरोध गर्न मैले मिल्दैन, कानून बनाएर दिए पालना गर्छु : महानिर्देशक अधिकारी

images
images
images
प्राधिकरण ऐनको विरोध गर्न मैले मिल्दैन, कानून बनाएर दिए पालना गर्छु : महानिर्देशक अधिकारी
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कानूनभन्दा बाहिरका विषय आफूले नचिन्ने र नजान्ने बताएका छन्। 

images
images
images

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा हवाई सुरक्षा र युरोपियन युनियन (ईयू)ले जारी राखेको कालोसूचीका विषयमा भएको छलफलमा 'नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३' ले दिएको जिम्मेवारीअनुसार आफूले काम गरेको उनले बताए।

images

समितिमा सांसद उदय शमशेर राणाले महानिर्देशक अधिकारीले हवाई सुरक्षाका विषयमा ढाटेको आरोप लगाएपछि महानिर्देशक अधिकारीले तथ्य, प्रमाण र कानूनअनुसार मात्रै काम गरेको बताए।  कानुनलेनै जहाज एयरलाइन्स चलेको बताउँदै सोही कानुनले नियमन भइरहेको  महानिर्देशक अधिकारीले बताए। ‘सांसद राणाले भनेको शव्दमा मेरो भद्र असहमती छ,’ महानिर्देशक अधिकारीले भने। 

images

महानिर्देशक अधिकारीले प्राधिकरणलाई छुट्याउने कुराबाट ईयू पछि हटेको र आफू महानिर्देशकमा प्राधिकरण ऐन २०५३ अनुसार नै नियुक्त भएकोले कानूनकै पक्षमा रहेको बताए। ‘म ऐनअनुसार नियुक्त भएको हुँ, कानूनको विरोध कसरी गर्ने? तपाईं सांसदहरूले नयाँ कानून बनाएपछि म त्यही कानूनअनुसार कार्यन्वयन गर्छु,’ महानिर्देशक अधिकारीले भने। 

images
images

नेपाल अहिले कालोसूचीबाट हट्दा निगममात्रै युरोप जानसक्ने क्षमतामा भएकोले युरोपको चासो निगमप्रति रहेको महानिर्देशक अधिकारीले बताए। ‘प्राधिकरणले गरेको अडिटमा पनि निगममा धेरै खराबी रहेको देखिएकाले त्यसमा सुधार नगरे समस्या आउने छ’ अधिकारीले भने। 

निगमका कतिपय विषय मन्त्री र प्रधानमन्त्रीसहितको उच्च तहमा जानुपर्ने भएकोले उच्च तहबाटै निर्णय लिनुपर्नेसमेत महानिर्देशक अधिकारीले बताए। 

images

प्रकाशित : बिहीबार , पुस ५ २०८००४:३३

प्रतिक्रिया दिनुहोस